जसले गुणस्तरीय र दक्ष मानव पुँजी निर्माण गर्दछ ……
• अमेरिका वर्तमान विश्वको एउटा विकसित, सभ्य र शक्तिशाली राष्ट्रको रुपमा रहेको छ । सन् १७७६ अघि अमेरिका वेलायतको उपनिवेश रहेको थियो ।उत्तर अमेरिकालाई सन् १४९२ मा इटालियन नागरिक क्रिष्टोफर कोलम्बसले पत्ता लगाएका थिए । जन्मथलो इटालीबाट स्पेन हुँदै पोर्चुगल बसाइ सरेका कोलम्बस santa Maria भन्ने पानीजहाजमा उत्तर अमेरिकी देश बहमास (San Salvador) मा अवतरण गरेका थिए । हाल यो स्थान फ्लोरिडा राज्यको पूर्वी भागमा अवस्थित कमनवेल्थ नेसन्सको स्वतन्त्र राज्यको रुपमा रहेको छ ।यद्यपि कोलम्बस अमेरिका पुग्नुभन्दा २८०० वर्ष अघि नै चाइनिजहरु अमेरिका पुगिसकेका थिए भन्ने दावी पनि गरिएको छ ।
• जुन देशको शिक्षा नीति राम्रो छ, दुरदर्शितापूर्ण छ, त्यहाँको माटो (स्थानीय आवश्यकता) सुहाउँदो छ र आधुनिक र वैज्ञानिक छ, त्यो देश विकासको गतिमा अग्रस्थानमा रहेको हुन्छ भन्ने आम बुझाइ रहेको पाइन्छ । यहाँको शिक्षा नीति राम्रो भएर नै विकासमा फड्को मारेको हो भन्ने कुरामा सहमत हुन सकिन्छ किनकी देश विकासको लागि नभै नहुने मानव स्रोत वा जनशक्ति शिक्षाले नै उत्पादन गर्दछ जसको दरिलो उपस्थिति बिना अरु कुनै पनि प्रकारका साधनहरू निष्कृय हुन्छन् जसबाट विकासको परिकल्पना पनि गर्न सकिदैन । अमेरिका बसाइको क्रममा अमेरिकाको शिक्षा प्रणालीका बारेमा मलाई पनि उत्सुकता (Curiousity) जाग्यो र केही लेख रचना अध्ययन, सोधपुछ, प्रत्यक्ष अनुभूति तथा आधुनिक प्रविधिको प्रयोगबाट केही विवरण संकलन गर्ने प्रयास गरेको छु जुन यहाँहरुको सामु राख्दैछु ।
• अमेरिकी शिक्षा प्रणाली र प्रतिस्पर्धा र श्रेष्ठतामा आधारित छ ।सामान्यतया यहाँको शिक्षा गुणस्तरीय, बालमैत्री, प्रविधिमैत्री र आधुनिक प्रकृतिको छ जसले विश्व बजारमा सजिलै प्रवेश पाउँछ । शिक्षाको तहगत संरचनालाई हेर्ने हो भने नेपालको र अमेरिकाको शिक्षा प्रणालीको स्वरुप मिल्दोजुल्दो देखिन्छ । नेपालमा विसं २०२८ सालको नयाँ शिक्षा पद्धतिको योजना अमेरिकी मोडलमा नै सञ्चालन भएको थियो भन्ने गरिन्छ । त्यसै कारणले नेपालको र अमेरिकाको शिक्षा प्रणालीमा मेल खाएको हुनसक्छ । नेपालको हालको शिक्षा पद्धति पनि मूलभूत रुपमा NESP कै नीति, मापदण्ड, मान्यता र सिद्धान्तमा सञ्चालन भैरहेको छ ।
अमेरिकाको विद्यालय शिक्षाको सानो झलक:
Pre-Schooling in America
• बालबालिका जन्मेको २ वर्षदेखि ६ वर्षसम्मको अवधिलाई preschool period भनिंदो रहेछ ।पूर्व विद्यालय शिक्षा सशुल्क रहेछ । राज्यबाट कमजोर वर्गको रुपमा सूचीकृत (वार्षिक रुपमा तोकिए भन्दा कम आय भएका) परिवारका लागि मात्र नि:शुल्क व्यवस्था हुने रहेछ । प्रिस्कूलमा बालबालिकाले समुहमा काम गर्ने र सिक्ने गर्दछन् ।यसमा उनीहरुले विशेषत: सामाजिक गुणको विकास गर्दछन्, भाषिक सीपको अभिवृद्धि हुन्छ र आत्मनियन्त्रणको कला सिकेका हुन्छन् ।यसमा बालबालिकाको चौतर्फी विकासका लागि शिक्षकहरुको सहयोग र सहजीकरण आवश्यक पर्दछ ।
• Preschool teacher ले बालबालिकालाई मुख्यत: देहायका क्रियाकलापहरु गराउने रहेछन्
o Teach children basic skills such as indentifying colors, shapes, numbers and letters
o Work with children in groups or one on one, depending on the needs of children and on the subject matter.
o Plan and carry out a curriculum that focuses on different areas of child development. Etc.
Pre-primary school विभिन्न प्रकारका हुँदा रहेछन् । जस्तै
Kindergarten
Nursery schools
Preschool programs
Child/Day care centers
• प्रिस्कूलको शिक्षणमा Riggio Emilia Method (Self directed learning procedure), Play Way Method, The Waldorf Method, The Bank Street Method, The Montessori Method प्रयोग हुने रहेछ ।
• Pre-school programs सबै अनौपचारिक प्रकृतिको हुने रहेछ ।यो विशेषत: ३ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ । यसपछि किन्डरगार्टेन लगायत १० वर्षको उमेरसम्ममा Elementary level सकिन्छ ।
School level Education in America
• किन्डरगार्टेन देखि कक्षा १२ सम्मको विद्यालय शिक्षालाई School level education भनिदो रहेछ जुन राज्यले नि:शुल्क दिने व्यवस्था रहेछ । नि:शुल्क नाम मात्रको नभएर वास्तविक रूपमा नि:शुल्क रहेछ । बालबालिकाको घरबाट स्कुलसम्म र स्कुलबाट घरसम्म निशुल्क बस सेवा, कुनैपनि शुल्क नलाग्ने, विहानको व्रेकफास्ट, लन्च र दिउँसोको टिफिनसमेत सरकारको तर्फबाट उपलब्ध हुने रहेछ ।
# यहाँको संघीय सरकारले शैक्षिक नीति तयार गर्ने, विभिन्न प्रशासनिक संरचना निर्माण, अन्तर निकाय समन्वय र वैदेशिक सम्बन्धका विषय मात्रै हेर्ने रहेछ । विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका आदि निर्माण र कार्यान्वयन गर्ने अधिकार राज्य सरकार अन्तर्गतको State Education Officials मा रहेछ । साथै स्थानीय तह (County)ले स्थानीय पाठ्यक्रम बनाउने रहेछ ।
# पाठ्यक्रम बनाउदा बालबालिकाको वैयक्तिक,शारीरिक, सामाजिक, संज्ञानात्मक, नैतिक, मनोवैज्ञानिक र संवेगात्मक पक्षको विकासमा जोड दिइने रहेछ ।
# विद्यालय सम्बन्धि सूचना प्रणाली (EMIS) सालबसाली रूपमा अपडेट गरिने रहेछ जसमा Student attendence, family and student portal, grading, communication center, payment system, donor management and reporting जस्ता कुराहरू समावेश हुने रहेछन् ।
# तहगत संरचना हेर्दा K/1- 5 Elemantary level, Grade 6-8 Middle School, Grade 9-12 High School. रहेछ ।
# शिक्षणका लागि शिक्षकलाई चाहिने शैक्षिक सामग्री मध्ये ९०% शिक्षकले आँफै निर्माण तथा संकलन गर्नुपर्ने रहेछ ।
• विद्यालय शिक्षामा जम्मा चारवटा विषयहरु अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन अनिवार्य रूपमा अध्यापन गरिदो रहेछ । यसका अतिरिक्त विद्यालयले Holistic approach अन्तर्गत कक्षा १० भन्दा पछाडि ऐच्छिक विषयको रुपमा Vidual and performing arts, foreign languages, physical education and technology प्रदान गर्ने प्रावधान रहेछ ।
• उच्च शिक्षा अध्ययनका लागि १२ क्यालेण्डर वर्षको पढाइ पुरा गरेकै हुनुपर्ने व्यवस्था रहेछ ।कक्षा १२ सम्मको अध्ययन अनिवार्य रहेछ जुन शिक्षा बालबालिकाले १६ वर्षको उमेरमा पुरा गर्दछन् (केही राज्यमा १८ वर्ष पनि छ)
• अमेरिकामा सन् १८३० देखि मात्र माध्यमिक तहको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था भएको रहेछ ।
# परीक्षामा लेटरग्रेडिङ् सिष्टम नै लागू हुने रहेछ । सामान्यतया Unweighted Subject लिएकोमा बढिमा 4.0 GPA भन्दा बढी नआउने रहेछ तर कुनै विद्यार्थीले Weighted subject लिएर Advanced course पूरा गरेको छ भने उसलाई पुरस्कार स्वरूप 4 भन्दा बढी GPA बाट पनि award गरिने रहेछ । यो चाहिँ विषय र यसको कठिनाइ स्तरका आधारमा फरक फरक मापदण्डमा अंकभार तोकिने रहेछ । सामान्यतया राम्रा नाम चलेका विश्वविद्यालयमा प्रवेशका लागि GPA more than 4.0 आवश्यक हुँदोरहेछ । अमेरिकाको यो कुरा नयाँ लाग्यो ।
# विद्यालयको शैक्षिक गुणस्तर र उपलब्ध सेवा सुविधाका आधारमा सालबसाली रूपमा विभिन्न ६ वटा क्षेत्रमा विभिन्न सूचकहरूका आधारमा स्तरीकरण (Accreditation/Ranking) हुने रहेछ । नेपालमा लागू गरिएको विद्यालय स्तरीकरणको ढाँचासँग यो हुबहु मिलेको देखियो । स्तरीकरणको नतिजाका आधारमा संघीय सरकारले विद्यालयलाई के कति अनुदान दिने भन्ने किटान हुने रहेछ । साथै अभिभावकले बालबालिकाका लागि विद्यालय रोज्नु पर्दा पनि यसका आधारमा कहाँ भर्ना गर्ने भन्ने छनौटको एउटा आधार हुने रहेछ ।
# यहाँको शिक्षा प्रशासन हेर्ने निकाय Department of Education रहेछ । विद्यालय तहको अन्तमा लिइने परीक्षा The College board ले लिने रहेछ । साथै राज्य पिच्छेका State board of Education पनि रहेका छन् ।
# विद्यालय सुपरिवेक्षणको मूल दायित्व प्रिन्सिपललाई सुम्पिएको छ । उसले शिक्षकहरूको कक्षा अवलोकन, नमूना अभ्यास, शिक्षण सिकाइ प्रक्रिया, शिक्षकको व्यक्तित्व, शिक्षक-विद्यार्थी अन्तरक्रिया, पाठ नोट(Lesson plan) र पाठको प्रस्तुतीकरणका आधारमा मूल्यांकन तथा सुपरिवेक्षण गर्दछ । यसका आधारमा आवश्यक पृष्ठपोषण पनि दिने गर्दछ ।
# विद्यालयको प्रिन्सिपल (प्रअ) ले शिक्षकको पेशागत सहयोगका लागि प्रत्यक्ष सहयोग, समूह निर्माण, पेशागत तालिम,पाठ्यक्रम विकास र कार्यमूलक अनुसन्धान (Action research) को विधि अख्तियार गरेको हुन्छ ।
# राज्यले स्तरयुक्त परीक्षाको माध्यमबाट शैक्षिक गुणस्तर मापन गर्दछ र सोको आधारमा विद्यालयको Ranking गर्दछ ।
अमेरिकामा हाल ९८२७१ वटा विद्यालय रहेछन् जसमा करीब ३० हजार निजी विद्यालयहरू रहेका छन् ।
# विश्वमा उच्च कोटीका विद्यालयहरू भएको पहिलो देश अमेरिका रहेछ, दोस्रोमा वेलायत र तेस्रोमा जर्मनी पर्दोरहेछ ।
Higher Education in America
• अमेरिकामा उच्च शिक्षा अन्तर्गत स्नातक तह ४ वर्षे, स्नातकोत्तर तह २ देखि ३ वर्ष (विषय अनुसार) तथा विद्यावारिधि (Ph.D.) का लागि ७ देखि ८ वर्षसम्म लाग्ने अवस्था रहेछ ।Doctoral Degree यहाँको सबैभन्दा माथिल्लो शैक्षिक उपाधि हो ।यसमा Doctor of Medicine (MD), Doctor of Education(EdD) , Juris Doctor(JD) Doctor of Engineering in various subjects आदि पर्दछन् ।
• अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न अत्यन्त महंगो छ । अमेरिकी नागरिक जो राज्यले तोकेभन्दा कम वार्षिक आय हुने परिवारका छोराछोरीलाई केही सहुलियत हुन्छ, कि त पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सक्ने विद्यार्थीले मात्र यो अवसर पाउँछ । उच्च शिक्षा Self funding मा पढ्ने भन्ने कुरा त धनाढ्यका बालबालिकाका लागि मात्र संभव छ ।सामान्य व्यक्तिले त स्वलगानीमा पढाउने प्रयासै गर्दैनन् । सामान्य विषय अध्ययनका लागि स्नातक तह पुरा गर्नका लागि सामुदायिक कलेजमा वार्षिक ८००० देखि ३५००० डलरसम्म र सोही तहका लागि प्राइभेट कलेजमा पढ्नका लागि वार्षिक २५००० देखि ५५००० डलरसम्म खर्च हुने रहेछ । सामान्य व्यक्तिका लागि यो रकम निकै ठूलो हो ।
• अमेरिकामा सामुदायिक कलेजका लागि राज्यले राम्रो लगानी गरेको छ ।
# यहाँको उच्च शिक्षामा सेमेस्टर सिष्टम लागू हुने रहेछ जसमा एक वर्षमा तीनपटक (४-४ महिनामा) परीक्षा हुने रहेछ ।

• हावर्ड तथा स्टानफोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयहरुमा भर्नाका लागि कक्षा १२ मा कम्तिमा 3.9 देखि 4.1 सम्म जिपिए ल्याउनु पर्ने हुन्छ । यसका लागि विद्यार्थीले विद्यालय तहमा Advanced course पनि पढेको हुनुपर्दो रहेछ ।
• अमेरिकी सरकारले विश्वविद्यालय सञ्चालन तथा अनुसन्धानका क्षेत्रमा अथाह लगानी गरेको छ । यहाँको स्नातकोत्तर (Masters Degree) र विद्यावारिधि तह (Ph.D.) अत्यन्त गुणस्तरीय र महंगो रहेको छ ।
• अमेरिकामा Harvard, Stanford, Columbia, Princeton,Chicago, Yale, Barkeley, MIT जस्ता विश्व विख्यात विश्वविद्यालयहरु रहेका छन् ।यहाँ विश्वभरीबाट हजारौं विद्यार्थीहरु अध्ययन गर्न आउँछन् ।

Conclusion:
• समग्रमा हेर्दा अमेरिकाको शिक्षा गुणस्तरीय, बालमैत्री र प्रविधिमैत्री छ । यहाँका Pre-Schooling, School Level and Higher level का लागि राज्यले ठुलो लगानी गरेको छ । अमेरिकी संघीय सरकार (Federal Government) ले आफ्नो कूल वार्षिक बजेटको ३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरेको छ । यहाँ रहेका पचासवटा राज्यले शिक्षामा थप पर्याप्त लगानी गरेका छन् । शिक्षालयहरु अत्यन्त स्रोतपूर्ण, आकर्षक र साधनस्रोत सम्पन्न रहेका छन् । विद्यालय कम्पाउण्ड भित्र पसिसकेपछि एउटा बच्चालाई अनुकूल र सहज वातावरणमा सिक्नका लागि के के चिजको आवश्यकता पर्छ ती सबैकुरा उपलब्ध छ । त्यहाँको वातावरण स्वच्छ छ, भवनहरु सुरक्षित, अपाङ्गतामैत्री र बालमैत्री छन् । सैद्धान्तिक ज्ञान तथा प्रयोगात्मक कक्षाका लागि पर्याप्त आधुनिक प्रयोगशालाहरु रहेका छन् । विद्यालय भित्र Indoor or Outdoor games का लागि खेलमैदान तथा आवश्यक सामग्री एवं उपकरणहरु, प्रशिक्षकहरु, Swimming Pool, Canteen, Fitness Centers, Musical Instruments, Libraries, Medical Centre with doctor and nurses, Vehicles को राम्रो प्रबन्ध रहेको हुन्छ । हामीलाई लाग्छ यस्ता विद्यालयमा पढ्न पाउने बालबालिकाहरु भाग्यमानी हुन् ।
# अमेरिकामा प्राथमिक तहका शिक्षकको तलब वार्षिक रुपमा ४८७५० डलर (प्रति घण्टा २३.४४ डलर) रहेको छ । यस तहमा प्रवेश गर्नासाथ ३८६१० बाट शुरु भएर अनुभवी शिक्षकको तलब ८२५४६ डलरसम्म हुने व्यवस्था रहेको छ । तह वढ्दै जाँदा स्वाभाविक रूपमा तलब र अन्य सुविधा पनि बढ्दै जान्छ ।
# विश्वविद्यालयका प्रोफेसरलाई त राष्ट्रपतिलाई भन्दा बढी सुविधा र सम्मान रहेछ । अधिकार पनि असिमित दिइदो रहेछ ।
• अमेरिकाबाट हामीले सिक्नुपर्ने कुरा के हो भने यदि देशको समग्र विकास र समृद्धि चाहने हो भने शिक्षा क्षेत्रमा लगानी गर्न कञ्जुस्याँइ गर्नु हुँदैन । विद्यालयहरु साधनस्रोत र सुविधासम्पन्न बनाइनु पर्दछ । शिक्षक/प्रधानाध्यापक वा प्रोफेसरहरूलाई व्यापक सुविधा, अवसर र जिम्मेवारी दिइनुपर्दछ । उनीहरूलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण प्रदान गरिनु पर्दछ । आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गरिनुपर्दछ । विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरुलाई पनि पर्याप्त सुविधा दिइनुपर्छ ताकि उनीहरुले मन वचन र कर्मले लगनशीलताका साथ काम गर्न सकुन् । बालबालिकाको सर्वतोमुखी विकासका लागि राज्य हदैसम्म उदार र सकारात्मक बन्नुपर्छ साथै शिक्षा राज्यको पहिलो प्राथमिकताको क्षेत्र बन्नुपर्दछ । सबैको जय होस् ।
तनहुँको भानु नगरपालिकाका शिक्षा, युवा तथा खेलकुँद शाखाका प्रमुख नेपाल सरकारका उपसचिव पौडेल हाल अमेरिका भ्रमणमा रहेका छन् ।