दमौली, पुस २०
राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्तिको पलायन मुलुकले अहिले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल रहेका बताएका छन् । गृहजिल्ला तनहुँको भानु नगरपालिका–७ बसन्तपुरमा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति पौडेलले गाउँ गाउँमा शिक्षा र विकासको पुर्वाधार पुगेपनि श्रम शक्तिको बिदेश पलायन र गाउँमा कोही नबस्ने समस्या बढेको बताए ।
विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने अवस्था रहेको राष्ट्रपती पौडेलले गुनासो गरे । गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता भएको उनको भनाई थियो ।
राष्ट्रपती पौडेलले भने– ‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पु¥याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौंतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो रु यो प्रश्न म आफैसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाऊँमा सवैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन ।’
‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो । उतै बस्नु भयो । गाऊँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन–मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।’ राष्ट्रपती पौडेलले भने ।
राष्ट्रपति पौडेलले आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाडोमा उभिएर “गाऊँबाट अस्थिर भएको मनलाई गाऊँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाऊँमा नै वसौं वसौं बनाउँंछु’’ भनेको स्मरण गर्दै आफूले ग्रामीण स्वावलम्बन अन्र्तगत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौं विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाऊँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । उनले गाँउ गाँउमा सवै विकास र सुविधा पुगेपनि गाऊँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे ।
राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला पुगेको राष्ट्रपति पौडेलले आफूले बैदी– छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार– कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्ष्पट पारे । आफ्नो परिवार तडपाएर विदेशतिर भौतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैले आफैलाई चिनौं–गाऊँमुखी बनौं–नेपालमुखी बनौं, हाम्रो स्कूलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।’
राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङगिण विकासको आधारशीला भएको बताउदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे ।