मकरस्नान महोत्सव मलु समारोह समितिको बैठक सम्पन्न, महोत्सवको तयारी अन्तिम चरणमा

Devghat Online

शेयर गरौ

देवघाट, पुस २५

भरतपुर महानगरपालिका–१ चितवन देवघाटधाममा रहेको सीताराम संस्कृत माविको आयोजनामा यही पुस २७ गतेदेखी हुने मकरस्नान महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । सीताराम संस्कृत माविको सर्वाङ्गिण विकासकोलागि पुस २७ गतेदेखी माघ २ गतेसम्म त्रिशुली कालिगन्डकी वेणीसंगम देवघाटधाममा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने भएको छ ।

सो महायज्ञ एवं मकर स्नान महोत्सवको मुल समारोह समितिको बैठक बुधबार आयोजना गरियो । उक्त बैठकमा सबै यस अघि गठित उपसमितिका संयोजकहरुले आ–आफ्नो उपसमितिको तयारीको बारेमा जानकारी गराएका थिए । बैठकमा आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, मातृशक्ति उपसमिति, युवा परिचालन उपसमिति, मन्च व्यवस्थापन, साउन्ड सिस्टम तथा यातयात व्यवस्थापन उपसमिति, अतिथी सत्कार उपसमिति, मुद्रण उपसमिति, ब्राह्मण व्यवस्थापन उपसमिति, संघ संस्था समन्वय उपसमिति, सोभायात्रा व्यवस्थापन उपसमिति, खाद्यान्न व्यवस्थापन उपसमिति, भान्सा तथा जलपान व्यवस्थापन उपसमिति, आवास व्यवस्थापन उपसमिति, माला, खादा तथा सम्मान पत्र व्यवस्थापन उपसमिति लगायतका उपसमितिका संयोजकहरुले उपसमितिको हालसम्मको कार्यको बारेमा जानकारी गराएका थिए । महायज्ञकोलागि बेणीसंगममा स्टेज निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव–२०८० मुल समारोहका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो बैठकमा महोत्सवका प्रमुख सल्लाहाकार टंकनाथ पौडेल, प्रा.डा गुरुप्रसाद सुवेदी, महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेल, विद्यालयका प्रअ पोदराज पौडेल, सहायक प्रअ अर्जुन पाण्डेय लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न दाताहरुले महायज्ञमा आफुले दिने दान रकम पनि घोषणा गरेका थिए ।

महोत्सवको अन्तर्गत पुस २७ गते विहान ११ बजे कार्यक्रमको उद्घाटन हुनेछ । त्यसअघि विहान ८ बजे तनहुँ तर्फको बेणीसंगमबाट कलशयात्रा निकालिने कार्यक्रम रहेको छ । महायज्ञ अन्तर्गत पुस २८ र २९ गते कथावाचन, दाता सम्मान तथा माघ १ गते सामुहिक ब्रतबन्ध तथा माघ २ गते दातासम्मान र समापन कार्यक्रम गरिनेछ । उक्त पाँचै दिन कथावाचन, दातासम्मान, भक्तिसंगीत, साँझमा पुजा आरतीको कार्यक्रम रहेको छ ।

उक्त महायज्ञमा दान दिने दाताहरुलाई रकम अनुसारको सम्मान गरिने छ । आवासीय छात्रावास समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयकोे संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयका प्रअ पोदराज पौडेल बताए ।

२०३५ सालमा ब्रह्मलिन बाबा डिल्लीराम ब्रह्माचारीद्वारा स्थापना गरिएको उक्त संस्कृत मावि चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालय हो । उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । उक्त विद्यालयमा आवासीय छात्रावास पनि सन्चालन भईरहेको छ ।

हरिहर सन्यास आश्रमका पीठाधीश, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरि एवं महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको प्रमुख संरक्षकत्वक र विश्वविख्यात कथावाचक श्री इश्वरकृष्ण माहाराजको प्रमुख बाचकत्वमा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृ उद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक पाण्डेयले बताए ।

विहिबार मोटरसाईकल र्याली हुने

यसैविच महायज्ञ एवं मकर स्नान महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले विहिबार दिउँसो मोटरसाईकल र्याली निकालिने भएको छ ।

उक्त मोटरसाईकल र्याली महायज्ञ स्थल बेणी संगमबाट सुरु भई भरतपुर र नारयणगढका विभिन्न स्थानको परिक्रममा गरि पुनः महायज्ञ स्थलमा आई समापन हुने प्रचार प्रसार उपसमितिका संयोजक विकास ढकालले जानकारी दिए । मोटरसाईकल र्यालीमा कम्तीमा एक सय वटा मोटरसाईकल हुने ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष