सम्झनामा रामलिला

Devghat Online

शेयर गरौ

प्रताप लाल श्रेष्ठ

रामलिलासँग मेरो पहिलो भेट २०४७ सालको वैशाखमा केशवटारमा भएको आमसभा भएको थियो । केशवटारमा भएको आससभामा रामलिला, दुर्गाविलास, हेमबहादुर, शालीग्राम, पशुपति, ज्ञान, श्याम, भेषबहादुर, धर्म, चुडा, योग, मनोहर आदि साथिहरु सक्रीय हुनुहुन्थ्यो । कायक्रमको प्रमुख वक्ता मालेका नेता केशव आचर्य र म लगायत थियौं ।

०४६÷४७ सालको सफल आन्दोलनपछि हामी बयस्क चरा जस्तै थियौं । जहाँ पनि उड्ने । हिजो पखेटा काटिएको भए पनि अहिले जोडिएको जस्तो । निरंकुश पन्चायती व्यवस्थाले व्यक्तिका अधिकारहरु, राजनीतिक अधिकारहरु, बोल्ने लेख्ने र संगठन गर्ने स्वतन्त्रताहरु पुरै अपहरण गएिको थियो । यो जनआन्दोलनले वंशको शासनलाई मलजल गर्ने पन्चायति व्यवस्था सदाको लागि विदा भएको थियो ।

आमसभामा ३० वर्षे रामलिला पनि वक्ता हुनुहुन्थ्यो, उहाँले पन्चायती व्यवस्थाको अन्त्य हुनु जनताको ठूलो उपलव्धि हो । फलामको सिक्री तोडिनुसँगै देशमा भेदभाव, असमानता, थिचोमिचो, उचनिच सवै हट्नेछ, देशमा विकासको फडको मार्नेछ । जनताको जीवनमा सुधार हुनेछ । त्यसवेला गरिवहरु कम्युनिष्ट पार्टीमा धनी र गरिवको खाडल मेटिनेछ, वर्गिय समनता हुनेछ भनेर लाग्दथ्यो । कम्युनिष्ट नेताहरुले पनि जनताको वीचमा जाादा बोल्दा, चीनमा धनी र गरिव छैनन सवै एक छन् समान छन् , हामीले पनि त्यस्तै व्यवस्था ल्याउन चाहेको भनेर भन्दथ्यौं ।

दलित जातिहरु कम्युनिष्ट पार्टीमा युगौं पुरानो सामान्ति व्यवस्थाले कायम गरेको जातिपातिको भेदभाव हटी समनता हुनेछ, छुवाछुत हुनेछैन, तं ठूलो र म सानो हुने छैन । दलित भएकै कारण तिरस्कृत हुनु पर्दैन, हेला होंचो हुदैन भनेर लाग्दथ्यौं । त्यसले दलित जातिमा ठूलो प्रभाव पनि पारेको थियो । त्यसबेलाको कम्युनिष्ट नेताहरुले देखाएको व्यवहारका कारण विश्वास गर्ने ठाँउ पनि थियो ।

कमरेड रामलिला शिक्षक हुनुहुन्थ्यो । शिक्षक पेशाको जागिरले उहाँको जीवन भरण पोषण र वाल वच्चा हुर्काउन ठुलो सहयोग पुगेको थियो । धनी वन्ने र शुखसयलको जीवन विताउन चाहाना नराख्ने हो भने त्यस वेला प्राविको शिक्षक भए पनि जीवन गुजार्न गा¥हो हुदैनथ्यो । उहाँको पनि सामान्य ढंगले नै चल्यो । छोरा मनोजले लिएको आफनो पुर्खाैली पेशाको सफलतासंगै रामलिलाको परिवारलाई जीवन यापन गर्न ठुलो राहत मिल्यो ।

कमरेड रामलिलालाई निरंकुशता विरोधी आन्दोलन मात्र होइन, जन जीविकाको आन्दोलन, विकृति विसंगतिको आन्दोलन, राष्ट्र विरोधीहरु विरुद्धको आन्दोलन, विभिन्न सन्धि सम्झौताा विरोधी आन्दोलनहरुमा हर समयमा मैदानमा देख्न पाइन्थ्यो ।

उहाँ दलित अधिकार अभियानको एउटा तनहुँ जिल्लाको हस्ती नै हुनुहुन्थ्यो । जिल्लामा कुनै पनि दलित अन्यायमा प¥यो भने जुन सुकै विचार धाराको किन नहोस् सहयोग गर्न पुग्नुहून्थ्यो । उहाँलाई पार्टीले पनि नेपाल दलित मुक्ति समाजकै जिम्मेवारी दिएको थियो । उहाँलाई सामान्य वेला रामलिला सुवर्णकार भने पनि रिसको झोकमा कतिपयले कामी पनि भनेको सुनेको छु । उहाँलाई कामी भनेर अपमानित गरे पनि कुनै वास्ता गर्नु हुदैनथ्यो । । हाम्रो समाज यस्तै न छ । त्यसैले त हाम्रो आवश्यक्ता छ, हाम्रो भुमिकाको आवश्यक्ता छ । यो समाज सामान्ति समाज हो । त्यसैले त हामीले उत्छेद गर्न लागेका छौं । यस्ता कुरा वुझनेले भन्दैनन् । नवुझनेले भनेको कुनै अर्थ छैन भन्नु हुन्थ्यो ।

०६२÷६३ सालको जनआन्दोलन सम्पन्न भैसकेको थियो । जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी विष्णु ढकाल वा उद्धव तिमिल्सिना हुनुहुन्थ्यो । म त्यसवेला तनहुंको पार्टी प्रमुख थिएँ । रामलिला सुवर्णकार जिल्ला कमिटीको सदस्य र चण्डीदेवी माविमा प्रावि शिक्षक हुनु हुन्थ्यो, एक दिन उहाँले मलाई पि. एल सर तनहुं जिल्लामा दलित वर्ग उत्थान विकास समितिमा हाम्रो नियुक्ती हुन प¥यो, अरु वेला आश गरिएन, अहिले त हाम्रो नियुक्ती सम्भव छ, हामीले आजसम्म पार्टी बाट के लिएका छौं र । हामीलाई तपाँइले शिफारिस गरि दिनु भए तनहुंँका दलितका विच काम गर्ने अवसर पाउने थिएँ भन्नु भयो । मैले हुन्छ साथिहरुसँग पनि सल्लाहा गरौंला, शिफारिस गर्ने भए तपांइकै नाम शिफारिस गरौंला भनेँ । उहाँ ंदलित कार्यकर्तामा सिनियर कमरेड हुनुहुन्थ्यो । आखिर उहाँ तनहुं जिल्लाको दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्ष बनी छाड्नु भयो । अध्यक्ष स्थानीय विकास अधिकारी हुने नीति थियो । उक्त पदमा रहँदा राम्रै काम गर्नु भयो, विवादमा आउनु भएन, कतै लोभ गर्नु भएको थाहा भएन ।

०५९ साल जेष्ठ देखि नै जिल्ला विकास समिति विघटन भैसकेको थियो । जिल्ला विकास समितिको उपसभापति वस्ने कार्यकक्षमा उहाँको अफिस थियो । दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षसंँगै चण्डीदेवि माविको शिक्षक हुनुहुन्थ्यो । एकदिनको कुरा हो उहाँले स्थानीय विकास अधिकारीसँग गाडी माग्नुभयो । स्थानीय विकास अधिकारीले पनि कुनै नाइनास्ती नगरिकन गाडी उपलव्ध गरि दिनुभयो । अनि उहाँले ड्राइभरलाई भन्नुभयो अव सिधै चण्डिदेवी मावि व्यास ५ वैरेनी जाऔं । गाडि माविको गेटमा गएर राकियो । उहाँले चालकलाई अरु भन्नुुभयो, गाडि भित्र हुल र माविको कार्यालय अगाडि लगेर रोक । उहाँले भने जसरी ड्राइभरले गाडि भित्र लग्यो र भनेकै ठाउँमा गाडि रोकियो ।

गाडि कार्यालयमा गएर रोकिएपछि कार्यालय भित्र रहेका शिक्षकहरु बाहिर निस्के, कक्षामा भएका शिक्षकहरुले पनि चियाएर हेरे । विद्यार्थिहरु पनि झुम्मिए । हाम्रो मावीमा यति महङगो ल्यान्ड क्रुजर गाडिमा को आएको छ ? गाडिमा ठुलै मान्छे आएको हुनु पर्छ, के काम परेछ नी भनेर सवैले साउती मारे । वास्तवमा गाडिमा अरु कोहि आएको नभएर आफनै विद्यालयको एक जना शिक्षक रामलिला सुवर्णकार थिए । जो गाडिवाट फुत्त निस्के । सवै शिक्षकहरु दङ्ग परे । को न आएको रहेछ भनेको आफनै शिक्षक पो आएका रहेछन् । अनि गाडि हेर्न आएका शिक्षकहरु आज के देखियो भन्दै भित्र पसे ।

उहाँले यो घटना वडा रमाइलो गरी मलाई सुनाउनु भएको थियो, राम्रै हसि मजाक भयो । यस्तो किन गर्नु भयो भन्ने मेरो प्रश्नमा उहाँले सहज ढंगले भन्नु हुन्थ्यो, मलाई दलित भनेर हेप्ने, कनिष्ट शिक्षक भन्ने, म अहिले त अलिक फेरिएको छु नी भनेर देखाइ दिएको नी । त्यसपछि विद्यालय जानु परेन, पढाउनु पनि परेन, यस पदमा वहालरहे सम्म पढाउनु नपर्ने नियम बन्यो ।

सरकारको परिवर्तनसँगै यो पदको पनि परिवर्तन भै रहन्थ्यो । जसको सरकार छ उसै सरकारको नजिकको पार्टी कार्यकर्ताले यो अवसर पाउथ्यो । यो पदमा पछिल्लो कालमा नोक वहादुर विकले पनि पाउनु भयो । तर पछि उहाँ पार्टीबाट अलग हुनु भयो ।

०६२÷६३ सालको सफल जनआन्दोलनपछि माओवादी पनि खुलै भयो । ०६३ अषाड २ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिकेलेसमा रहनु भएका माओवादी नेताहरु प्रचण्ड र वावुरामलाई लिन हेलिकप्टर लिएर जानु भई ल्याउनुभयो । त्यहाँहरु प्रशिक्षणमा सहभागि भै रहनु भएको थियो । राजनीति छिन–छिनमा परिवर्तन भैरहेको थियो । त्यसवेला हरेक पार्टीमा माओवादी प्रभाव बढिरहेको थियो । माओवादी भएर पनि जंगल जानु नपर्ने कुराले सवैलाई सजिलो भएको थियो । त्यसैले माओवादी प्रवेश लहर नै आएको थियो । यो हावाले उहाँलाई पनि छोयो र पार्टी परित्याग गर्नु भयो । जनवादको राम्रै उपयोग गर्न पाउने पार्टी एमालेमा जस्तो वातावरण माओवादीमा नदेखेपछि उहाँ फेरी एमालेमा फर्कनु भयो र सक्रिय हुन थाल्नुभयो ।

कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेको नवौं महाधिवेसन विशेष चर्चा रहने गर्छ । पार्टी पुरै दुई समुहमा चिरिएको थियो । तनहुँको महाधिवेशन प्रतिनिधि छनौटमा त्यस्तै देखिएको थियो । तनहुँको दलित निर्वाचन क्षेत्रमा रामलिला सुवर्णकार र रनसिङ नेपालीले महाधिवेशनमा सहभागि हुने अवसर पाउनु भयो । महाधिवेशन स्थलमा पुगेपछि भने एउटै कित्ताका हामी दुई कित्ताका भयौं । जिल्लामा कडा प्रतिस्पर्धा विच विजय हुनु भए पनि माथि पुगे पछि विर्सन पुग्नुभयो । केही मानिस उहाँको पछि यस्तो गरी लागे कि उहाँ चलमलाउनै सक्नु भएन । महाधिवेशनमा सहभागि हुने अवसर नपाउनु भएका वावुराम विकले भेट्दा गुनासो गर्नु भएको थियो । तपाईले आफनो मान्छे बोक्यो भनेर ।

उमेर बढ्दै गर्दा छोडने क्रम पनि वढदै जान्छ । त्यसै क्रममा उहाँको जीवनसंगिनीले पनि छोडर जानुभयो । उहांले अर्काे साथि खोज्नु भयो पनि । जीवन जिउन खासै समस्या नभए पनि दुखमा पनि रमाइलो जीवन बिताएको संगिनीलाई विर्सन निकै गा¥हो पर्दाेरहेछ भनी भन्नु हुन्थ्यो ।

उहाँको १५० सिसिको मोटर साइकल थियो । सक्दा चढने नै हो पनि । काम विशेषले पोखराबाट फर्कदै गर्दा मौरीओडारमा सिदै वसमा मोटरसाइकल ठोकाउनु भयो । त्यसपछि उहाँ बेहोश हुनुभयो । त्यो गाडिको ड्राइभर यस्तो उदारभावको रहेछ कि पुरै गल्ति मोटरसाइकल चालककोे भए पनि उनले विरामीलाई आफनै गाडिमा राखि अस्पतालमा पु¥याए । अस्पतालमा उहाँको राम्रै उपचार भयो र ड्राइभरले ३५ हजार तिरि पनि दिएछन । उहाँले मलाई घटनाक्रम सुनाउदै गर्दा मैले भनेको थिएँ । अन्यत्रवाट मैले यथार्थ कुरा पनि सुनेको थिएँ । त्यसवेला मैले भनेको थिएं, तपाई ठोकिनु भएको वसको ड्राइभर यति इमान्दार परेछन कि तपांँइको जीवनको कल्याण नै गरिदिएछन्, गल्ति तपांइकै रहेछ । उसले निवाउनु पर्ने सवै जिम्मेवारी पुरा गरेछन् ती ड्राइभर गरीव छन् भने मैलै तपाँई बाट एक पैसा लिनु हुन्न तपाँइले देखाउनु भएको इमान्दारीका कारण । तपाँइले मेरो जीवन बचाइ दिनु भयो, धन्यवाद स्वरुप यो ३५ हजार रकम फिर्ता गर्न चाहान्छु, मेरो मनले लिनै मानेन । मैले अझै वाँच्न पाएको छु । न्यायको लागि लडन पाएको छु । गरिव दुखीको सेवा गर्ने अवसर पाएकोछु भन्नु होला भनेँ । तर पैसा फिर्ता गर्ने मौका सायद जुरेन ।

जीवनको पछिल्ला दिनहरुमा राष्ट्रले पुरस्कृत गरिरहेको वेला गोरखापत्रमा उहाँको नाम पनि प्रकाशित भएको थियो । उहाँले त्यो शुखद समाचार देखाउदै पनि हिडनु भयो । अन्याय विरुद्ध लडेको, जनताको सेवा गरेको कदर गरी पुरस्कृत हुन पाएकोमा गौरव महशुस सवैले गर्छन । उहाँले पनि गर्नु स्वाभाविक हो । तर उहाँ पुरस्कृत हुनु भएन । यसवारे लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले लेखै लेखेका छन् तर पनि के कारणले यस्तो हुन गयो ? को जिम्मेवार छ ? कसले गर्दा यस्तो हुन गयो ? गोरखापत्रमा त्यसै नाम प्रकाशित भएन होला नाम ठेगाना सवै मिल्ने गरी । यस घटनाले उहाँलाई निकै खिन्न बनायो र अपमानित पनि । यो कसरी यस्तो हुन गयो सायद रामलिला सत्यको नजिक कहिल्यै पुग्न सक्नु भएन ।

०७७ पौष ५ गते संसद विघटनको घटनापछि पार्टी असाधारण विभाजनको मोडमा पुग्यो । पौष ७ गते एउटै पार्टीको वैठक कार्की व्याङकेट र वालुवाटारमा वस्यो । यो पार्टी विभाजनको पुर्वभ्यास थियो । आफु उभिएको जमिन वमले उडाए पछि जुन परिणाम आउनु पर्दथ्यो त्यही परिणाम आयो तत्कालको वेला भने दुरगामी परिणामको रुपमा जनताको विश्वास टुट्न गयो ।

पार्टीमा आएको यस्तो घटनामा रामलिला कहिले यता एकिकृत समाजवादीमा र कहिले उता एमालेमा गर्नुभयो । एकिकृत समाजवादीको २, ३ वटा वैठकमा सहभागि हुनु भयो । संसद विघटन ठूलो भुल हो, अव यस्तो अवसर आउछ कि आउदैन भन्दै । तर वुढेसकालको छोरा र उसले लिएको बाटो हिड्नु सायद रामलिलाको वाध्यता थियो ।

उमेर धेरै गएको त हाृृेइन । सुगर प्रेसर, मुटुको समस्या र अल्जाइमरको कारण निकै गल्नुभयो । स्मरण शक्ति पनि कमजोर भयो । २०८० पौष २५ गते सदाको लागि संसार छाडनु भयो ।

उहाँप्रति हार्दिक श्रद्धान्जली ।

उहाँको साथि वा लेखक नेकपा एकिकृत समाजवादीको पोलिटव्युरोको सदस्य हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू