घिरिङको लोहडाँडामा दलित–गैरदलितले गरे सहभोज

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, माघ ८

नेपालमा जातिय भेदभावको अन्त्य कानुनी रुपमा भएता पनि ब्यवहारिक रुपमा अझै निर्मुल भएको छैन । कहिँ धार्मिक स्थलमा दलित समुदायलाई मन्दिरमा रोक, समाजमा भएका भोज भतेरमा फरक भान्सा लगायत विभिन्न तरिकाले विभेद झल्किने क्रियाकलाप भैरहेका घटनाहरु छन् । यस्ता घटनाक्रमको बिचमा भने कहिँकतै उदाहरणीय कार्य गरेको पाइएको छ ।

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका –४ लोहडाँडा पनि जातिय तथा सामाजिक बिभेद बिरुद्ध उभिएको एक उदाहरणीय ठाउँ हो । यस ठाउँमा अधिकांश मगर, गुरुङ, क्षेत्री, दलित र कुमाल समुदायको बसोबास छ । करिब ४०÷४५ घरधुरी रहेको यो ठाउँमा बिवाह भोजमा सबै समुदायको सामुहिक भान्सा हुने गर्दछ ।

यसै ठाउँमा जन्मिएका एक दलित अभियान्ता अर्पण घले जन्मघर गएका थिए, उनलाई सोही ठाउँका नाताले दिदी भिनाजु टक बाहादुर थापा र पृथ्वीमाया थापाको सुपुत्रि मगर समुदाय र कुमाल समुदायको युवा बिच भएको एउटा बिवाहमा निमन्त्रणा गरिएको थियो । घले भन्छन् ‘यहाँ सबै समुदाय मिलेर एउटै भान्सा गरिएको थियो, अहिले धेरै ठाउँमा खाना टेबल एउटै भएता पनि पकाउने ब्यक्ती गैरदलित हुने गर्छन, तर यो ठाउँमा खाना पकाउने देखि पाहुनालाई खाना दिने सम्म दलित तथा सबै समुदाय लागेको देखेँ ।’

‘यस्ता उदाहरणिय कार्यले आफू सम्मानित भएको होइन अपमानित नभएको महसुस गरेँ,’ घलेले भने ‘अन्धबिश्वास, कुसंस्कार तथा कुरिती आजसम्म पनि हाम्रो हिन्दु समाजमा कलंकित कुप्रथाको रुपमा बिद्यमान रहेकाले आजको युगसम्म पनि सानो ठुलो, उँच निंचका भेदभाव जस्ता अमानवीय ब्यवहार कायमै रहेको छ ।’

‘यहाँको समाज लाई गाउँपालिकाले सम्मान गरे अझ सकारात्मक सन्देश प्रवाह हुन्छ, आजको युगमा पनि छुवाछूत र बिभेद जस्तो घृणित अनि चेतनाहिन दिमाग भएका मान्छेहरुले सिक्नुपर्ने थुप्रै पाठहरु मध्ये यो गाउँबाट सिक्न सकिने एउटा महत्वपूर्ण पाठ हो ।’ घले भन्छन, ‘मैले नेपालको विभिन्न ठाउँमा भएको घटना हेरिरहँदा मनमा पीडा बोध भैरहेको हुन्थ्यो तर मेरो जन्म भुमी लोहडाँडामा आज गर्व महसुस भएको छ ।’

घले सामाजिक सन्जालमा जातिय बिभेदको सक्रिय रुपमा लेखको माध्यमबाट खबरदारी गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर