देवघाटमा पुरातत्व विभागद्वारा पन्चदेवल निर्माण

Devghat Online

शेयर गरौ

देवघाट, माघ २३

तनहूँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्ष अघिका पन्चदेवलको पुननिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तिन वर्ष अघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरेको हो । पुरातत्व विभागको टोलीे मन्दिर परिसरको पाँच वटा मन्दिर (पन्च देवल) को उत्खनन् गरेको थियो ।

पाँच सय वर्ष अघि १६ औं सताब्दीमा तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशुली र कालिगन्डकीको संगम देवघाटमा आई ध्यान गरि विभिन्न मठ मन्दिर र देवालयहरुको निर्माण गरेको विभिन्न प्रमाणहरुको आधारमा त्यस समयमा निर्मित मठ मन्दिर र देवालयहरुको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ ।

मन्दिर परिसरमा रहेका पाँच मन्दिरहरु मध्ये चक्रवर्ती महादेवको मन्दिरको यसअघि नै ८० लाखको लागतमा पुननिर्माण सम्पन्न गरिएको थियो । बाँकी चार मन्दिरहरु मध्ये एकको हालै पुननिर्माण सम्पन्न भईसकेको छ । उत्खननको क्रममा पाँच सय वर्ष अघि (सन १५०६ ) को राजा मणिमुकुन्दशेनको शिलालेख र करुवामा पैसाको सिक्काहरु भेटिएको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । अन्य मन्दिरहरु पनि पुननिर्माणको क्रममै छन्

उत्खनन्मा तथा पुननिर्माणमा विभागका प्राविधिक सहित पाँच जना र गैरप्राविधिक मजदुरहरु सहित २५ जना रहेका थिए । उत्खननको क्रममा मुख्य मन्दिरको गर्भ भागमा शिवलिङ्ग भेटिएको पौडेलले जानकारी दिए । उक्त शिवलिङ्ग भेटिएपछि उक्त मन्दिर महादेवको मन्दिर रहेको पुष्टि भएको थियो । उक्त मन्दिर मुकन्देश्वर महादेवको नामले चिनिन्छ ।

पाल्पाका तत्कालिन राजा मुकन्दसेनले स्थापना गरी पूजा आजा गरी मानी आएकाले यसको नाम मुकुन्द इश्वर हुँदै मुकुन्देश्वेर महादेव भयो भन्ने भनाई रहेको छ ।
जुन जुन स्थानमा उत्खनन गर्दा जे प्रमाण भेटिन्छ सोही अनुसारको मन्दिरको पुननिर्माण गरिएको थियो । उत्खनन कार्य पश्चात त्यसको प्रतिबेदनको आधारमा मन्दिरहरुको पुननिर्माणको डिजाईन, शैली र ढाँचाको डिजाईन तयार भएको थियो । पौडेलका अनुसार पुरातत्व विभागबाट शिला कुँदेर मन्दिर पुननिर्माण गर्दा सिमेन्ट र छडको प्रयोग गरिएको छैन ।

ऐतिहासिक, पौराणिक एवं पुरात्तात्विक महत्वको पावन तीर्थस्थल देवघाटधाममा रहेका यस्ता सम्पदाहरुको संरक्षण गर्न सके धार्मिक पर्यटनको विकास गर्न सकिने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने