दमौली, माघ २४
तनहुँका दिवगंत बाम बुद्धिजिवि छविचन्द्र ढकालको स्मृतिमा प्रकाशित कृति ‘छविचन्द्र ढकाल स्मृति ग्रन्थ’ को बुधबार दमौलीमा कृति चर्चा परिचर्चा सम्पन्न भयो ।
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहेका ढकालको स्मृतिमा प्रकाशित उक्त कृतिबारेमा समिक्षा गर्न आयोजित कार्यक्रममा वक्ताहरुले स्व.छविचन्द्र ढकालले तनहुँको वाम तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।
नेपाली कम्युनिष्ट आन्दोलनको दाश्रो पुस्ताका क्रान्तिकारी नेता ढकालले तनहुँको वाम तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान पुर्याउनु भएको वक्ताहरुले बताए । तनहुँको चुँदी सिम्पानीमा २००५ असोज १५ गते जन्मिएका ढकाल लामो समय शिक्षण पेशामा संलग्न भएका थिए । उनी २०३५÷२०३६ सालको आन्दोलनमा लागेवापत जेल जिवन समेत बिताएका थिए । शिक्षण पेशामै रहँदा कम्युनिष्ट पार्टीसँग आवद्ध भएका ढकालले शिक्षण पेशा त्यागेपछि कम्युनिष्ट पार्टीमा आवद्ध भई देश र जनताको सेवा गरेका थिए ।
११ खन्ड, ४८० पृष्ठ रहेको उक्त कृतिमा ९७ जनाको ढकाल केन्द्रित अनुभुतीका सामाग्रीहरु संलग्न छन् । त्यसबाहेक प्रकाशकिय, सम्पादकिय, परिशब्द तश्विर तथा छविचन्द्र ढकालका केही रचनाहरु पनि संलग्न छन् । त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनको संगठनात्मक इतिहाँस पनि उक्त पुस्तकमा राखिएको छ ।
स्मृति ग्रन्थका सम्पादक बरिष्ठ राजनीतिज्ञ शेषमणी आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्वमन्त्री त्रिलोचन ढकाल, बरिष्ठ राजनीतिज्ञ तथा पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, नेकपा एमालेका पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पुर्वमन्त्री आशा कोईराला, नेकपा माओवादी केन्द्रका नेता किसन शर्मा, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, नेकपा एकिकृत समाजबादीका नेता विद्या ढकाल, नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेल, एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देल, पुर्व अध्यक्ष श्रीराम कार्की, सम्पादक मन्डलका सदस्य शिवशंकर पौडेल, रामराज रेग्मी, छविचन्द्र ढकालकी बहिनी निर्मला पौडेल लगायतले लगायतले छविचन्द्र ढकालको बहुआयामिक व्यक्तित्व बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रममा पृथ्वीनारयण क्याम्पसका पुर्व प्राध्यापक गेहेन्द्र कोईरालाले पुस्तकको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा दिवंगत ढकालका पुत्र सुदिप ढकालले वुवाको जिवनको चर्चा गरेका थिए । आफ्ना वुवा छविचन्द्र ढकालले नेपाली समाजको लागि पुर्याउनु भएको योगदानको सम्झना गर्दै उक्त कृति प्रकाशन गरिएको ढकालका छोरा सुदिप ढकालले बताए । नेपाली समाजको आमूल रूपान्तरण माक्र्सवादी आलोकले मात्र सम्भव हुन्छ भन्ने धारणा राख्ने बुवा छविचन्द्रको सम्झनामा उक्त पुस्तकमा विभिन्न कोणबाट विवेचना गरिएको ढकालले बताए ।