प्रताप लाल श्रेष्ठ
२००९ साल अषाढ १४ गते जन्मनु भएका विलक्षण प्रतिभाको धनी मदन भण्डारी छोटो उमेरमै चर्चित हुनु भयो । उसैगरी गौरवशाली इतिहास वनाएको नेकपा मालेको महासचिव हुनुभयो । नेकपा माक्र्सवादीसंग भएको एकता पछि पनि महासचिव हुनुभयो । वामपन्थि आन्दोलनमा केस पाकेको नेताहरुको अगाडि पनि उहां मुर्धन्य माक्र्सवादी क्रान्तिकारी नेता हुनु भयो । नेपालको वामपन्थिहरु नेताहरुको पछि पछि लागेर होइन नेपाली क्रान्ति सम्पन्न गर्न छुटटै वाटो तय गर्दै नेपालको सन्दर्भमा माक्र्सवादको व्याख्या गरेर उहांको विचारको नेपाली वामपन्थि नेताहरुले अध्ययन अनुसन्धान गर्नु पर्ने भयो । उहांको विचारहरुको खण्डन त निकै भयो । दक्षिणपन्थि, संशोधनवादी माक्र्र्सवादी विरोधी भने पनि यो विचार व्यवहारमा खरो उत्रेर आयो र सही सावित ठहरियो । नेपालको कम्युनिष्ट आन्दोलन नयां ढंगले उठयो । अरु नेताहरु आफनो विचारको पक्षपोषण गर्दा गर्दै हराउनु भयो । तर उहाँको विचार नेपाली जनताको वीचमा लोकप्रीय हुदै चम्किलो वन्यो । आम नेपाली कम्युनिष्टहरुलाई आशाको संचार गराउदै गयो । क्यौं समाजवादी देश लगायत देशहरु ढलिरहदा मदन भण्डारीले अगाडि सार्नु भएको विचार नेपाली जनतालाई सही मार्गमा डोराउंदै अगाडि वढयो । जन विराधी देश विरोधी समान्तहरुलाई समाप्त पार्ने दरिलो हतियार वन्दै गयो ।
कम्युनिष्टहरु निरंकुश ,निर्दलीय हुन्छन् । यिनीहरुको शासनकालमा लोकतन्त्र हुदैन, मानवअधिकार हुदैन, भनेर भन्नेहरुले मदन भण्डारीले अघि सार्नु भएको विचार एकाइसौं शताव्दीको लोकतान्त्रिक विचार, माक्र्सवादको सृजनात्मक विचार भनेर स्वीकार गर्न सवैलाई वाध्य वाध्य बन्यो । यो अवस्था सम्म आइपुग्न पार्टी भित्र वाहिर उहांले अथक संघर्ष गर्नुभयो ।
मदन भण्डारी पार्टी भित्र वैचारिक संघर्ष गर्दै पार्टीको विचार निर्माण गर्न लाग्नु भएको थियो । क्रान्तिकारी पार्टीको विचार क्रान्तिकारी हुनु पर्छ, यो उग्रवामपन्थि, दक्षिणपन्थि विचार वाट मुक्त हुनुपर्छ । पार्टीको विचार सही हुनु वा बेठिक हुनुले क्रान्ति सफल वा असफल हुने कुराको ग्यारेन्टि गर्छ भन्ने कुरामा जोड दिनु हुन्थ्यो । उहाँ हमेशा शक्ति सन्तुलनको अवस्था अध्ययन गरिरहनु हुन्थ्यो र प्रमुख दुश्मनलाई एकल्याउने कुरा सोच्नु हुन्थ्यो । अन्तर विरोध र प्रधान अन्तरविरोध र आधरभुत अन्तरविरोधको वारेमा राम्रो ज्ञान राख्नु हुने मदन भण्डारीले २०४६ साल कार्तिकमा भएको केन्द्रीय कमिटीको वैठकमा पन्चायती साझा शत्रु समाप्त गर्न संयुक्त आन्दोलनको विचार ल्याउनु भयो । पन्चायतलाई अन्त्य गर्न काँग्रेस लगायत अन्य शक्तिहरु पनि चाहान्छन् भने पन्चायत फाल्न सवालमा काँग्रेस सँग मिलेर संयुक्त आन्दोलन गर्न सकिने विचार ल्याउनु भयो ।
घटनाक्रम यस्तरी विकास हुदै गयो कि देशमा ठ्रूलो जनआन्दोलन भयो । पन्चायत विरोधी शक्तिहरु परिवर्तनकारी शक्तिहरु एकै ठाँउमा आउदा परिवर्तन अवश्यमभावि थियो र पन्चायत फालिने निश्चित थियो, भयो पनि त्यस्तै । २०४६÷४७ को सफल जनआन्दोलन पछि पन्चायत सदाको लागि विदा भयो ।
काँग्रेस खुला राजनीति गरेको थियो । उ वाहिर आउने खुला आउने, कुनै समस्या थिएन तर नेकपा माले जस्तो कडा भुमिगत रहेर राजनीति गरिरहेको पार्टीलाई भने यो ठ्रुलो समस्याको कुरा थियो । धेरै मानिसको विचार पार्टीलाई खुला गरिनु हुदैन, राजतन्त्र जीवीत छ । राजतन्त्रप्रति वफादार सेना छ । पन्चायत विरोधी आन्दोलन सफल भएको भए पनि नेकपा माले कठिन मोडमा उभिएको थियो । कतिपय नेताको विचार पार्टी खुला नगर्ने, मुल नेतृत्व पनि नखुल्ने विचार थियो । तर मदन भण्डारीले आन्दोलनमा जनताको भुमिका राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिको शक्ति सन्तुलनको अवस्था पंचायतको अन्त्य भएको अवस्था, आन्दोलनकारी शक्तिको सरकार भएको अवस्थालाई विष्लेषण गर्र्दै, जनमोर्चा जस्तो खुला होइन पार्टी नेकपा माले,चौडा छाती गर्र्दै खुला हुनु पर्छ भन्ने विचार राख्नु भयो । जनता संगै पार्टी हुन्छ, जनता र पार्टी अलग हुन सक्दैन, जनता कहाँ छन् र के चाहान्छन्, हामी पनि उनिहरु संगै हुनेछौं । र जनताको चाहाना हाम्रो पनि चाहाना हुनेछ । आखिर पार्टी खुला हुने निर्णय भयो । क्रमश नेताहरु खुला हुदै जानु भयो । हुंँदा हुँदा ०४७ सालको वैशाखको तेस्रो हप्ता तीर मालेको प्रवक्ता नै खुला हुनु भयो । मालेको प्रवक्ताको रुपमा खुला हुंदा कतिपयले आश्चर्य व्यक्त गरेका थिए । त्यसको जवाफ मदन भण्डारीले मालेको प्रवक्ता न खुला भएको हो महासचिव त भुमिगत हुनुहून्छ भनेर जवाफ दिनु भएको थियो । मदन भण्डारी को यो कुरा धेरै दिन रहेन मालेको महासचिव खुला हुनु भयो, वास्तवमा मालेको महासचिव नै पार्टीको प्रवक्ता हुनुहुँदोरहेछ ।
क्रमश दिन वित्दै जाँदा पार्टी भुमिगत होइन खुला भएकै ठिक भनेर आम कार्यकर्ताहरुले भन्न थाले । खुला मोर्चामा उत्रिएर पार्टी सहि नेतृत्व गर्न नसकेको भए हाम्रो हालत फिलिपिन्स वा भारतीय कम्युनिष्टहरुको जस्तो हुन बेर लाग्दैनथ्यो । जुन पिडा आज भारत र फिलिपिन्सले भोग्न परिरहेको छ, त्यो हामीले पनि भोग्न वाध्य हुने थियौं । खुला रुपमा देखा पर्नु भएका मदन भण्डारी सवैको चर्चाको केन्द्रमा हुनुहुन्थ्यो । छोटै समयमा राष्ट्रिय तथा अन्तर राष्ट्रिय व्यक्तिको रुपमा चर्चामा रहनु भयो । त्यति वेला धेरै खुला कायक्रमहरु भएनन् आमसभामा कमै देखा पर्नु भयो ।
एकपाली २०४७ सालको कार्तिकमा नारायणगढको नारायणी मन्दिरमा मालेको भेला भएको थियो । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा रहेको मेन वाइ एल को प्रमुख भएको नाताले मैले पनि सहभागि हुने अवसर पाएको थिंए । त्यसवेला मैले नेताहरु विषेश गरी मदनभण्डारीको सुरक्षाको वारेमा लिखित जिज्ञासा राखेको थिएँ । मदन भण्डारीले एउटा नेता वा व्यक्तिको सुरक्षाको प्रश्न होइन मेरो मात्र सुरक्षाको कुरा होइन नजिकै रहेको माधव नेपाल तीर देखाउदै माधव नेपालको पनि सुरक्षाको अवस्था उस्तै हो भनी देखाउनु भयो । उहाँको यो भनाइले हामी जस्ता युवाहरु सन्तुष्टि थिएनौं । भुमिगत रुपमा काम गरेका नेताहरुलाई प्रतिक्रियावादीहरुले जसरी खोजि खोजि सिद्धयाउन लागेका थिए झन खुला हुँदा सजिलो पो हुने हो कि ?
२०४७ साल कार्तिक २३ गते संविधान जारी भयो । त्यसको लगतै २५ गते काठमाडौंको टुडिखेलमा नेकपा मालेले आमसभाको आयोजना ग¥यो । त्यस आमसभाको मुख्य वक्ता पार्टी महासचिव मदन भण्डारी हुनुहुन्थ्यो । त्यही आमसभामा उहाँले भर्खरै घोषणा भएको संविधानवारे पार्टीको धारणा राख्नु भएको थियो । त्यो भाषण यति चर्चामा रहयो कि सवैलाई लाग्यो कि माले महसचिव त ओेरेटर पो रहेछन् भुमिगत जीवनशैलीमा रहेको नेता भएर पनि कस्तो भाषण कला रहेको हो ।
त्यो आफनो प्यारो नेताको भाषण देशभरी जनताले सुने । त्यो भाषणले राजा तथा प्रतिक्रियावादीहरुको मुटु कांपेको थियो । त्यसपछि उहांँको माग देशभर हुन थाल्यो । पार्टी प्रमुख पनि हुनु भयो । आफनो पार्टीमा यस्तो प्रष्ट वक्ता पाएको देखि देशभर मालेको कार्यकर्ताको खुशीको लहर छाएको थियो । कांँग्रेस पार्टीले कम्युनिष्टप्रति लगाएको विभिन्न आधरहिन आरोपको उहाँले खण्डन गरि दिंदा वास्तवमा काँग्रेस अत्तालिएको थियो ।
पार्टीको लोकप्रीयता दिन दिनै वढेको थियो । नेकपा माक्र्सवादी सँग पार्टी एकता भए पछि त झन् पार्टीले स्थापित अभिभावक पाएको थियो । यस एकता पछि त पार्टी थप मजवुत भएको थियो । २०४८ सालको चुनावले छोइसकेको थियो । देशभरका उम्मेदवारहरु तयार गरियो । महासचिव मदन भण्डारी काठमाडौं को २ ठांँउ १ र ५ वाट उठने हुनु भयो । काठमाडौं १ वाट नेपाली काँग्रेसका सभापति, जनआन्दोलनका नेता, तथा अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि उमेदवार हुनु भएको थियो । धेरैले अन्तरिम प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई उठेको ठाँउमा उठन नहुने र उहांलाई सुझाव दिएका थिए । यस्तो लाग्दथ्यो कि कृष्णप्रसाद भट्टराई उठेको ठाँउमा उमेदवार दिनु एउटा धृष्टता मात्र हुन्छ । यस सवालमा मदन भण्डारीले प्रष्ट विचार राख्नु भएको थियो । सुनसरीवाट उठनु भएको हाम्रा पार्टीको अध्यक्ष मनमोहन अधिकारीलाई काँग्रेस पार्टीले सिट खाली गर्छ भने हामी पनि खाली गरी दिने होइन भने हामी जो आए पनि लडनु पर्छ खाली हुदैन । अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सँग यो मदन भण्डारी चुनाव लडछ हामीले जो आए पनि मनमोहन अधिकारीले जित्ने ठाँउमा उठाएका छौं । त्यस्तो ठांउमा काँग्रेसले उमेदवारी नदिने हो भने हाम्रो पार्टी एमालेले पनि उमेदवारी दिदैन । उनिहरुले सुनसरी १ मा उमेदवारी दिन्छन् भने हाम्रो पार्टी नेकपा एमालेले पनि उमेदवारी दिन्छ । नेकपा एमाले कृष्णप्रसाद भट्टराईलाई सिट खाली गरि दिने उदारता देखाएको भए पनि हाम्रो अध्यक्ष मनमोहन अधिकारी प्रति काँग्रेसले उदारता देखाउन सकेन । काठमाडौं १ मा काँग्रेसले सजिलै जित्छ र सुनसरी १ मा पनि काँग्रेसले सजिलै जित्छ भन्ने ठोकुवा थियो काँग्रेसको । त्यसैले कांग्रेसले मन मोहनप्रति उदारता देखाएन । आखिर मदन भण्डारी कृष्णप्रसाद भट्टराई सँग चुनाव लडने नै हुनुभयो ।
कृष्णप्रसाद भट्टराईको चुनाव प्रचार प्रसार संयोजक तत्कालीन अन्तरिम सरकारको गृहमन्त्री योग प्रसाद उपाध्याय हुनुहुन्थ्यो भने यता एमालेको माधव कुमार नेपाल । माधव कुमार चुनाव लडन जानु भएन अन्य सवै नेताहरु चुनाव लडन जानु भयो । पार्टीको महासचिव नै चुनाव हार्नु भयो भने पार्टीलाई ठ्रुलो क्षति हुन्छ । काठमाडौं ५ चुनावको केन्द्रविन्दु वन्यो । काँग्रेसका सभापति कृष्णप्र्रसाद भट्टराई र एमाले महसचिव मदन भण्डारी वीच ठुलो टक्कर भयो । अन्तत मदन भण्डारी आफनो प्रतिद्धन्द्वी कृष्णप्रसाद भट्टराईलाई ९५१ मतले पराजित गर्नु भयो । यस घटनापछि त मदन भण्डारीको उचाइ निकै वढयो । म्यान अफ द इलेक्सन भनेर विविसीले घोषणा ग¥यो र अमेरिका वाट प्रकाशित हुने न्युज उइक पत्रिकाले कार्ल माक्र्स लिभ्स इन नेपाल भन्ने टपिक राखेर उहांको अन्तरवार्ता नै छाप्यो ।
विश्वमा भएको एक पछि अर्काे घटनामा मुख छोपेर हिडनु पर्ने अवस्थामा नेपालका कम्युनिष्टहरुले जनआन्दोलन, तथा प्रजातन्त्रवादी नेता तथा अन्तरिम सरकारको प्रधानमन्त्रिलाई हराइ दिए । त्यसपछि मदन भण्डारी संसारमा चर्चित मात्र होइन, कम्युनिष्ट विरोधी शक्तिहरु विस्तारवाद साम्राज्यवादको आँखाको तारो बन्नुभयो मदनको उदय संगै आफनो स्वर्ग गुमेको देख्न थाले त्यसैले जनविरोधी शक्तिहरु भित्र भित्रै षडयन्त्रको तानावान बुुन्न थाले । त्यसवेलाको चुनावमा नेकपा एमालेले वहुमत भने प्राप्त गर्न सकेन । सशक्त प्रतिपक्षको रुपमा रहयो ।
गिरिजा प्रसाद कोइरालाले २०४८ मंगसिर १९ देखि २५ गते सम्म भएको भ्रमण ताका महाकाली सन्धि गरेका रहेछन् तर उनले समझदारी मात्र गरेको भनेर प्रचार गरे । जसका वारेमा मदन भण्डारीले वास्तविकताको खुलसा गर्नु भयो । यो घटनाले पनि मदन भण्डारी विस्तारवादीहरुको कसिंगर बन्नुभयो ।
राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थितिमा धेरै फेर वदल भैसकेको थियो । देशको आन्तरिक अवस्थामा पनि परिवर्तन आएको थियो । त्यसैले विचार संश्लेषण गर्न पनि पार्टीको महाधिवेसन गर्नु थियो । केन्द्रीय कमिटीको वैठक अनुसार २०४९ माघ १४ देखि १९ मा काठमाडौंमा महाधिवेसन आयोजना गर्ने निर्णय आयो । आषाढ तिर नै महाधिवेसनमा प्रस्तुत गरिने विचार दस्तावेज खुला गरियो । त्यसले निकै ठुलो हलचल पैदा ग¥यो । केन्द्रीय कमिटीका महासचिव मदन भण्डारी वाहिर ल्याउनु भएको दस्तावेज, आलवा ३ वटा दस्तावेजहरु पनि वाहिर आयो । जस अनुसार सिपि मैनालीको परिमार्जित नौलो जनवाद र मोहन चन्द्र अधिकारीको परम्परागत जनवाद रघु पन्तले पेश गर्नु भएको अर्काे दस्तावेज पनि थियो ।
मदन भण्डारीले व्याख्या कतिपयलाई संशोधनवाद जस्तो पनि लाग्दथ्यो तर पनि हामी लोकतान्त्रिकरण हुनुको विकल्प छैन, जनतावाट निर्वाचित नभएको संस्थाले शासन प्रणाली चल्न सक्दैन । संविधान देशको मुल कानुन हो । सर्वाेच्च संस्था हो । शक्ति पृथकीकरण विधिको शासन, वहुदलवादी खुल्ला समाज, आवद्यिक निर्वाचन वहुमतको सरकार अल्पमतको विपक्ष जस्ता वस्तुहरु नै लोकतान्त्रिकरण गर्ने विषय हुन । यस्ता विषय वस्तुहरुलाई दक्षिणपन्थिको लेपन लगाएको भए पनि कमरेड मदन भण्डारीकै प्रभावका कारण अत्यधिक कार्यकर्ताहरुको मन जित्न सफल भयो । त्यसैले महाधिवेसनमा मदनले अगाडि सार्नु भएका विचारहरु पास भए, पार्टीको विचार जनताको वहुदलीय जनवाद भयो । वहुदलीय शव्द यति लोकप्रीय वन्यो कि कम्युनिष्टहरु एकदलीय बन्छ भनेर आरोप लगाउनेहरुलाई गठतोडको जवाफ दियो । यस विचार अनुमोदन सँगै नेपाली कम्युनिष्टहरुले गरिने क्रान्ति आफनो प्रकारको विशिष्ठ खालको हुने र आफने मोडलको हुने यो चिनिया क्रान्ति वा शोभियत क्राान्ति भन्दा फरक हुने उत्तर कोरिया वा भियतनाम वा क्युवाको क्रान्ति भन्दा फरक हुन्छ भनेर पहिलो पल्ट व्याख्या अगाडि आएको थियो ।
हामी व्यालेटवाट सवै विपक्षिहरु सँंग प्रतिस्पर्धा गर्न तयार छौं, र जनताले विश्वास गरी विजय गराउंछन् भने यहि परिस्थितिलाई उपयोग गर्दै सरकार चलाउन पनि सकिने नयाँ व्याख्या अनुमोदन भयो । महाधिवेशनमा जनताको वहुदलीय जनवादले विजय प्राप्त गरे पनि नेतृत्व भने सवैको प्रतिनिधित्व हुने गरी भयो । महाधिवेसन पछि मदन भण्डारी पार्टी भित्र चुनौति रहित नेताको रुपमा देखा पर्नु भयो । पार्टी भित्र यति शक्तिशाली मदन भण्डारी हुनु भएको नेपाली क्रान्ति विरोधी तत्वहरुलाई मन परेको थिएन ।
अव मदन भण्डारीको ध्यान महाधिवेसनले पास गरेको विचार आम कार्यकर्तामा कमिटीमा पु¥याउन लाग्नु भएको थियो । यो विचार सर्वथा नयां पनि भएको हुंदा उहांको आम विश्व जनसमुदायको वीचमा पनि पु¥याउन लाग्नु भएको थियो । यसै विच उहाँले चिनको पनि भ्रमण गर्नु भयो र चिनिया नेताहरु सँग आफना विचारहरु साटासाट गर्नु भयो ।
यसै क्रममा २०५० साल वैशाखमा भारतको कलकत्तामा अन्तरराष्ट्रिय कम्युनिष्टहरुको भेला भएको थियो । शोभियत समाजवादी लगायत पुर्वि युरोपका १६ वटा देशहरुमा समाजवादी सत्ता ढलेपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको थियो । विरोधीहरुले अव माक्र्सवादको वा समाजवादको भविष्य रहेन भन्दै पुजिँवादको एकछत्र राज रहने धुमधाम प्रचार गरेको थियो । कलकत्तामा भएको विचार गोष्ठिमा धेरै देशका नेताहरुले आ आफनो देशको प्रतिनिधित्व गर्दै कार्यपत्र पेश गरेकोमा नेकपा एमालेको महासचिव मदन भण्डारीले पेश गर्नु भएको कार्यपत्रलाई उपस्थित प्रतिनिधिहरुले अत्यधिक रुचाएका थिए ।
विश्वमा साम्राज्यवादी, विस्तारवादीहरुले यस अन्तरराष्ट्रिय भेलालाई कस्तो हुनेछ के गरी समापन हुनेछ भनेर पर्खाइमा वसिरहेको वेला मदन भण्डारीले पेश गर्नु भएको कार्यपत्र प्रतिनिधिहरु वीच विशेष चर्चाको विषय वन्यो । सोभियत संघ पछि सवै कम्युनिष्टहरुले परम्परागत ढंगले चल्दा अहिलेको चुनौतिको सामना गर्न नसक्ने भनिरहेको वेला यो विचार वैकल्पिक विचार र वाटो हुन सक्ने ठम्याइ गरे । यसले पनि उहांको चर्चा अझ वढयो । यस घटनाले राम्रै गरी विस्तारवादी साम्राज्यवादी नेपाली कम्युनिष्ट र क्रान्ति विरोधी तत्वहरुको निदहराम भयो ।
साम्राज्यवादी विस्तारवादीहरु अव ढिलाइ गर्न नहुने निष्कर्षमा पुगे । निरन्तर षडयन्त्रको योजना त वुनिरहेकै थिए, षडयन्त्रमा पारी हाले र मदन आश्रितको इहलिला महाधिवेसन सम्पन्न भएको १०० दिनको वरिपरिमा ४१ वर्षको उमेरमा समाप्त गरि हाले । एक महान विचारकलाई सधैंको लागि ढलाए ।
लेखक एमालेको पुर्व केकस तथा पुर्व जिल्ला इन्चार्ज हुनुहुन्छ ।