देवघाटकी अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, असार ३१

देवघाट गाउँपालिका–३ की ३० बर्षिया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा देवघाट गाउँपालिका–३ गोन्द्राङका ६५ बर्षिय झाम्टे थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सुस्तमनस्थिती भएकी उक्त महिलालाई घरदेखी अन्दाजी २ किमि टाढा रहेको मकै बारीमा बाँदर धपाउन बस्ने क्रममा गत जेठ २६ गते थापाले बलात्कार गरेको आरोप पीडित परिवारले लगाएको छ ।

पीडित परिवारले आरोपितलाई कारवाहीको माग गर्दै सोमबार इलाका प्रहरी कार्यालय सराङघाटमा उजुरी दिएपछि प्रहरीले सोमबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपितलाई सोमबार अबेर भएको कारण मंगलबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिने जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि