देवघाटका इशानको फोटो काठमाडौंमा प्रर्दशनीमा

Devghat Online

शेयर गरौ

देवघाट, साउन २१

देवघाट गाउँपालिका–५ का इशान तिवारीले खिचेको फोटो काठमाडौंमा प्रर्दशनीमा राखिएको छ । गत शुक्रबारदेखी नेपाल आर्ट काउन्सिलमा सुरु भएको फोटो प्रदर्शनीमा इशानले खिचेका फोटोहरु प्रर्दशनीमा राखिएको छ । उक्त प्रर्दशनी साउन ३२ गतेसम्म चल्नेछ ।
नेपाल र युरोपियन युनियन सम्बन्धको ५० वर्षको अवसरमा उक्त फोटो प्रर्दशनी आयोजना गरिएको हो । फोटो प्रर्दशनीको अवलोकनमा युरोपियन युनियनका सबै जसो देशका राजदुतहरुको उपस्थिती रहेको थियो ।

देवघाट–५ गौरीटारका इशान कालिका मावि क्युँदीका प्रअ इन्द्रदेव तिवारी र तारा अधिकारी तिवारीका छोरा हुन् । उनी दुई वर्षअघि पुर्ण छात्रबृत्ती पाएर अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न गएका थिए । उनी सानैदेखि चञ्चल स्वभावका र पढाइमा अब्बल खालका थिए । देशभरबाट छानिएका फोटो ग्राफर मध्येमा इशान प्रथम भएका थिए ।

इशानले फोटोले विषय र फोटोग्राफर बीचको संवादलाई प्रतिनिधित्व गर्ने बताएका छन् । ‘दुई वर्षअघि हार्वर्ड विश्वविद्यालयमा गणित पढ्दै गर्दा मैले पहिलो पटक आफूलाई फोटोग्राफरको रूपमा परिकल्पना गरेको थिएँ भाडामा लिएका क्यामेराहरूसहित, म क्याम्पस वरिपरिका सामाजिक घटनाहरू क्याप्चर गर्ने गर्थे ।’ ‘चाँडै मैले सडक फोटोग्राफी रोचक पाएँ र तुरुन्तै यसको सुन्दरताले मोहित भएँ सूर्यको प्रकाशसँग लुकामारी खेल्दै मैले क्याम्ब्रिजका सडकहरू वरिपरि महत्वपूर्ण क्षणहरू खोज्न थालेँ ।’ उनले भनेका छन् ।

‘गत अक्टोबरमा, मेरो साथीहरू र म गाजामा मानव अधिकारको वकालत गरेकोमा जाँचको दायरामा प¥यौं र अप्रत्याशित रूपमा, यो क्यामेरा पर्सनको रूपमा मेरो निर्णायक क्षण बन्यो’ उनले भने ‘मैले आफ्नो ध्यान सडक दृश्यहरूबाट हटाएर विरोध प्रदर्शनको अग्रपङ्क्तिमा केन्द्रित गर्ने निर्णय गरें र मेरा साथीहरूको आवाजलाई मुखरित गर्न मेरो क्यामेराको प्रयोग गरें ।’

‘जब विद्यार्थी आन्दोलन बढ्दै गयो, म मेरा फोटोहरूमा ती विषयहरूमा चर्चा गर्न प्रेरित भएँ जुन मेरा लागि महत्वपूर्ण थिए । चाँडै, ‘एक्टिभिस्ट’ फोटोग्राफीमा मेरो काम विश्वव्यापी रूपमा सीमान्तकृत समूहहरूको कथाहरू कैद गर्नमा विस्तार भयो ।’ उनले भने ‘म अहिले कलेजमा अर्थशास्त्र र भिजुअल आर्ट्स अध्ययन गर्दै छु र नेपालमा धन र आय असमानताका ढाँचाहरूभित्र लैङ्गिक, जातीय र पहिचानका विषयवस्तुहरू खोज गर्न जारी राख्दै, मेरो शिक्षालाई कलात्मक र कार्यकर्ताको गतिविधिमा एकीकृत गर्दैछु ।’

युरोपियन उक्त सहयात्रा परियोजनाको सन्दर्भमा आफु बारा जिल्लाको ग्रामीण भागमा पुगको भन्दै उनले आफ्ना तश्विरहरुले बाल्यकालको मित्रताको महत्वलाई दर्शाउँने बताए । ‘प्रर्दशनीमा राखिएका यी २७ तस्बिरहरू र लिखित सामग्रीहरूको उद्देश्य लेखकको आफ्नै अनुभवहरूबाट प्रेरणा लिएर, बाल्यकालको मित्रताका विभिन्न पक्षहरूमा दर्शकहरूलाई प्रकाश पार्नु हो ।’

भिएसओ नेपालद्वारा मधेस प्रदेशका चार जिल्लामा सन् २०२१ जनवरीदेखि २०२४ जुनसम्म चलेको यो वित्तपोषित परियोजनाले सीमान्तकृत बालबालिकाका लागि समावेशी गुणस्तरीय शिक्षामा केन्द्रित गर्ने र त्यसले बालिका र अपाङ्गता भएका बालबालिकामा विशेष ध्यान दिने उनले बताए ।

उक्त सहयात्रा अन्तर्गतको यो फोटो परियोजना मधेस प्रदेशको बारा जिल्लाको दोहरी, मनहरवा, मटिहरवा र डुमरवाना गरी चारवटा गाउँमा केन्द्रित भन्दै उनले भिएसओ नेपालका लागि क्षेत्रीय कार्यान्वयन साझेदार जन जयराम युवा क्लब बाराले मुख्यतया लाभार्थीहरूको शिक्षा र सामाजिक उपस्थितिमा ध्यान केन्द्रित गर्दै अभिभावकको रूपमा समुदायका सदस्यहरू, बिग सिस्टर्स लाई परिचालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना