दमौली, साउन ३२
तनहुँ जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार कटेको छ । शुक्रबारसम्म १०८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै संक्रमित आबुँखैरेनीमा ८१३ जना डेंगु संक्रमित रहेका छन् ।
त्यसपछि क्रमशः शुक्लागन्डकीमा १२०, व्यासमा ८७, बन्दिपुरमा ५१, म्याग्देमा ७ र भिमादमा ४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म भानु नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो ।
लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण देशको बिभिन्न जिल्लाहरुमा यतिबेला व्याप्त रुपमा फैलिएको छ । ज्वरो आउने, ज्यान गल्ने, आंखाको गेडी वरपर दुख्ने, मांसपेशी एंव जोर्नीको दुखाई यसका प्राय देखिने सामान्य लक्षणहरु हुन भने पेट दुख्नु, वान्ता हुनु, वान्तामा रगत देखिनु, नाक मुख वाट रगत बग्नु डेंगी रोगको खतराको लक्षण हुन् ।
सामान्यता डेंगीको पहिलो संक्रमण हुदा धेरै चिन्ताजनक समस्या देखिदैन तर यसको दोस्रो, तेस्रो लगाएतको संक्रमणमा जोखिम बढ्दै जाने हुन्छ । यस्ता बिरामीको हेलचेक्राईले बिरामीलाई आईसियुसम्म पुर्याउन सक्छ भने भने केहिको मुत्यु नै हुन सक्ने सम्भावना पनि रहने चिकित्सकहरुले बताएका छन् । तर सम्झनुपर्ने कुरा के हो भने मानिसमा यसको पहिलो चोटी संक्रमण हुँदा लक्षण नदेखिनपनि सक्ने हुँदा, पहिलो संक्रमण कहिले भएको थियो भन्ने जानकारी नहुन पनि सक्छ । तसर्थ कुनै पनि डेंगीको संक्रमणलाई दोस्रो संक्रमण हुन सक्ने भनेर बिशेष सतर्क हुनुपर्छ ।
यसबाट कसरी बच्ने ?
मुख्य कुरा लामखुट्टेको टोकाईबाट बच्ने उपाए अपनाउनु जस्तैः सुत्दा झुलको प्रयोग गर्ने वा कुनै कमर्सियल रिपेलेन्टको प्रयोग गर्ने वा घरमा जालीको झ्याल, ढोका प्रयोग सकिन्छ । तर केमिकल युक्त कमर्सियल रिपेलेन्टको प्रयोगले स्वास्थ्यमा अन्य हानी गर्ने हुदा झुलको प्रयोग गर्नु नै उत्तम उपाय हो ।
दोस्रो, लामखुट्टेको प्रजनन नै कम गराउने उपायहरु अपनाउन सकिन्छ जस्तैः सामान्यता डेंगी फैलाउने लामखुट्टेले लामो समयसम्म जम्मा भएर बसिरहने फोहेर पानी जस्तैः घर वरिपरीको खाल्टो, नाली, थोत्रो फालिएका टायर, फालिएका कवाडी भाडा वा सामानहरुमा जम्मा भएर बसेको पानी, प्रयोग नभएको ट्वाईलेट, लामो समयसम्म घरमै स्टोरेज गरेर राखिएको पानी लगाएतको जमेर बस्ने पानीमा प्रजनन गर्ने गर्छ । तसर्थ घर वरिपरी पानी जमेर बस्ने खालको खाल्टो पुर्ने, कुनै पनि स्रोतमा पनि जमेर बस्न नदिएर लामखुट्टोको प्रजज घटाउनु पनि डेंगी रोकथामको अर्को उपाय हो ।
तेस्रो, एउटा डेंगी लागेको बिरामी लाई टोकेर, अर्को ब्याक्तीमा सोही लामखुट्टेले टोक्यो भने मात्र डेंगी रोग एक व्याक्तीबाट अर्कोमा सर्ने गर्छ । तसर्थ डेंगी लागेको बिरामीले झुल प्रयोग गर्दा परिवारको अन्य सदस्यमा यसको संक्रमण रोक्न सकिन्छ । सबै डेंगी बिरामीमा लक्षण देखिन्छ नै भन्ने छैन ।
तसर्थ यस्तो संक्रमणकालिन समयमा जो कोहिलाई डेंगु हुन सक्ने कुरा ध्यानमा राखेर लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो । बिरामी सँगै बसेर, हात मिएर, श्वास प्रश्वास बाट अर्को ब्याक्तीमा डेंगी सर्दैन । तर अहिले कोभीडको पनि समस्या रहेको हुदा कोभिड रोकथामको उपायहरु चाही अपनाउनु पर्छ ।
उपचार के गर्ने ?
यो रोगकै लागी मुख्य औषधी त छैन तर यसका विभिन्न उपचार पद्धती चाही उपलव्ध छन् । “सामान्यता औषधी नै बनेको रहेनछ, के डाक्टरलाई लाई देखाउनु” भन्ने खालको धारणा बनाउन हुदैन । डेंगीको लक्षण भए कम्तिमा एकपल्ट आफ्नो समस्या लिएर डाक्टरको परामर्श लिनुपर्छ । उपचारको नाममा बजारमा चलेको हल्लाहरुलाई, हल्लाकै रुपमा लिनुहोला । यस्ता कुराहरुले स्वास्थ्यमा अन्य असरहरु गर्न सक्छन् ।
तपाई डेंगी लागेर वा डेंगीसककंग मिल्दो जुल्दो लक्षण लिएर घरमै आराम गर्नुभएको छ भने, घरमै ब्लड प्रेसर भने नियमित रुपमा जाच्नुपर्छ, ब्लड प्रेसर कम भएको खण्डमा तुरुन्त अस्पताल गई डाक्टरसँग परामर्श लिनुपर्छ ।