देवघाटमा बाँदर आतंक, बाँदरको टोकाईबाट दिनहुँ सर्वसाधरण घाइते

Devghat Online

शेयर गरौ

सफल शर्मा । देवघाट, भदौ १३

नवलपुरको गैंडाकोट नगरपालिका–३ हर्दी का ४७ बर्षिय लोक बहादुर जर्घा मगरलाई विहिबार देवघाट गाउँपालिका–५ गलेश्वर आश्रम नजिकै बाँदरले टोकेर घाईते बनायो । कामबाट घर फर्कदै गरेका मगरलाई साँझ बाँदरले टोकेर घाइते बनाएको थियो ।

देवघाटमा बाँदरले टोकेर घाइते हुनेमा लोकवहादुर पहिलो व्यक्ति हैनन्, यहाँ बाँदरको टोकाईबाट दैनिक जसो सर्वसाधरण घाइते भईरहेका हुन्छन् । बाँदर आतंकले देवघाटबासीहरु आजित भएका छन् । बाँदरको आतंकबाट देवघाट घुम्न आएका सर्वसाधरण विशेषगरि महिला र बालबालिका बढि पीडित बनेका छन् । त्यस्तै कल्पक्षेत्रमा बसोबास गर्ने जेष्ठनागरिकहरु बाँदरको आतंकबाट दैनिक पीडित भईरहेका छन् ।

कोठाभित्र पसेर पकाउँदै गरेर खानेकुरा लिएर भाग्ने, फलफुल खोस्ने तथा प्रतिकार गरेमा टोक्ने जस्ता घटनाले बाँदरबाट देवघाटबासीहरु पीडित भईरहेका छन् । बाँदर आतंकको विरुद्ध स्थानीय प्रशासन र देवघाट क्षेत्र विकास समितिलाई पटक पटक गुहार मागेपनि कुनै सहयोग नपाईएको पीडितहरुको गुनासो छ ।

विभिन्न ठाउँबाट देवघाट घुम्न आएका भक्तजनहरु बाँदरको आतंकबाट डराएर अर्काे पटक देवघाट नआउने अवस्था पनि सिर्जना हुन सक्ने अवस्था रहेको एक सर्वसाधरणले बताए । बाँदर आतंकलाई समयमै नियन्त्रण गर्न देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले विशेष कदम चाल्नु पर्ने देवघाटबासीको माग छ ।

देवघाटमा बाँदरको आतंक बढेपछि यस अघि पाँच वर्षपछि देवघाट क्षेत्र विकास समितिको पहलमा बाँदर नियन्त्रण समिति गठन गरिएको थियो । देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएपछि बाँदर नियन्त्रणको लागि समिति गठन गरिएको देवघाट क्षेत्र विकास समितिका तत्कालिन अध्यक्ष शिवराज पौडेलले बताए ।

बाँदरलाई व्यवस्थापन गर्न बाँदरमैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने, समाएर बन्ध्याकरण गर्ने, धपाउने वा अन्य केही विकल्पबारे सोच्नुपर्ने पौडेलको भनाई छ । तर त्यस यता बाँदर आतकंको लागि कुनै काम भएको छैन ।
देवघाटधाम क्षेत्रमा हाल करीब तिन हजारको संख्या बाँदर रहेको देवघाट गाउँपालिका–५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना