तनहुँमा डेंगु संक्रमितको संख्या १९६०, आबुँखैरेनीमा मात्रै १३१९ पुग्यो

Devghat Online

शेयर गरौ

दमौली, भदौ १९

तनहुँ जिल्लामा डेंगु संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । बुधबारसम्म तनहुँमा डेंगु संक्रमितको संख्या १९६० पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यो संख्या देशभरीमै सबैभन्दा बढि हो । स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष देशभरीमै सबैभन्दा धेरै डेंगु संक्रमित तनहुँमा भएका छन् ।

डेंगु तनहुँको ९ वटा पालिकामा फैलिएको छ । हालसम्म घिरिङ गाउँपालिका मात्र डेंगुबाट जोगिन सफल भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तनहुँका संक्रमित मध्ये सबैभन्दा धरै आबुँखैरेनी गाउँपालिकामा रहेका छन् । कार्यालयका अनुसार आबुँखैरेनीमा मात्रै १३१९ जना डेंगु संक्रमित रहेका छन् ।

त्यसपछि क्रमशः शुक्लागन्डकी नपामा २३५, व्यास नपामा २१९, बन्दिपुर गाउँपालिकामा ११५, म्याग्दे गाउँपालिकामा ३०, भानु नपामा १९, देवघाट गाउँपालिकामा ९, भिमाद नपामा ७ र ऋषिङ गाउँपालिकामा ३ जना डेंगु संक्रमित रहेका छन् ।

जिल्लास्थित सरकारी अस्पताल, पालिकाका अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो । डेंगु संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले डेंगुको निशुल्क परिक्षण र डेंगु संक्रमितको निशुल्क उपचार गरिरहेको छ । अन्य पालिकामाले पनि निशुल्क परिक्षण गर्दै आएका छन् ।

दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् । जनस्वास्थ्य विद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।

कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।

धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने बताउँछन् । उनका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेकोमा अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गर्दैन । तर दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक