सोमेश्वरगढीलाई ‘मूर्तिसहितको फूलबारी’ बनाइने

Devghat Online

शेयर गरौ

विप्लव काफ्ले
माडीस्थित सोमेश्वरगढीलाई ‘मूर्तिसहितको फूलबारी’ बनाइने भएको छ । राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी माडी नगरपालिकाले गढी क्षेत्रमा मूर्ति बनाउन लागेको हो । नेपाल ललितकता प्रज्ञा प्रतिष्ठान मूर्ति विभागसँग सम्झौता गरेको छ । ३० जना मूर्तिकारले १८ दिनसम्म मूर्ति कुद्ने छन् ।उपमेयर ताराकुमारी काजी महतोले प्राकृतिक ढुंगामै कुदेर मूर्ति तयार पारिने बताइन् । “पर्यटकलाई आकर्षित गर्ने गरी मूर्ति बन्नेछन्”, उनले भनिन्, “गढीको ऐतिहासिक, धार्मिक र सांस्कृति महत्व उजागर हुनेछन् ।” नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले सूचीकृत १ सय गन्तव्यमध्ये सोमेश्वरगढी पनि एक हो । नेपाल–भारत सीमानाको सबैभन्दा अग्लो शिखरमा गढी पर्छ । गढीमा नेपाल भारतको २४५ नम्बर सीमा स्तम्भ छ ।
यही २३ गतेदेखि मूर्ति कार्यशाला सुरु हुनेछ । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले गढीलाई मूर्तिसहितको फूलबारीका रुपमा विकास गरिने बताए । “फेदीदेखि गढी जाने छेउछेउमा मूर्तिहरु बनाइनेछ”, उनले भने, “मूर्ति नजिकै आकर्षक फूलबारी तयार पारिनेछ, ‘सेल्फी’ फोटो लिने ठाउँहरु बन्नेछन् ।”
उनका अनुसार करिब डेढ किमी दूरीभित्रै ३० मूर्ति तयार हुनेछन् । मूर्तिकार दिनेश्वर महतोले अन्तर्राष्ट्रियस्तरका कार्यशालामा सहभागी हँुदै आएका अधिकांश मूर्तिकार सहभागी हुने जानकारी दिए । “स्थलगत अध्ययन गरेका छौँ, ढुंगाहरु पहिचान गरिसकेका छौँ”, उनले भने, “गढीलाई पर्यटक लोभ्याउने केन्द्रका रुपमा विकास हुने अपेक्षा लिएका छौँ ।”
उनका अनुसार चितवनका ७ मूर्तिकार कार्यशालामा सहभागी हुनेछन् । माडी पर्यटन समितिका अध्यक्ष तथा ३ का वडाध्यक्ष पुरन महतोले सोमेश्वरगढी माडीकै प्रमुख गन्तव्यका रुपमा विकासको प्रक्रियामा रहेको बताए । “गढीबाट माडी, भारतका फाँटहरु नियाल्न सकिन्छ”, उनले भने, “प्रकृतिमा रमाउँदै ट्रेकिङ गर्न पाइनेछ, आवश्यक पूर्वाधार बन्दैछन् ।” माडी खेलकुद तथा सांस्कृतिक समिति अध्यक्ष तथा ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले गढीमा पर्यटन गतिविधि बढ्न थालेको बताए । कार्यशालाका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।