बन्दीपुरले वैैदेशीक रोजगारबाट फर्किएर ब्यबसाय गर्नेलाइ १ लाख अनुदान दिने

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १९

तनहुँको बन्दीपुर गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तीहरुका लागि व्यापार व्यवसायका लागि प्रोत्सहान स्वरुप अधिकतम १ लाख रुपैया सम्म नगद अनुदान दिने निर्णय गरेको छ । बैैदेशिक रोजगारबाट फर्केका व्यक्तीहरुलाई सुरक्षित आप्रवासन (सामी) तथा पुनःएकिकरण कार्यक्रम अन्र्तगत कृषि, पशुपँक्षिपालन, साना तथा घरेलु उद्योग, व्यापार, व्यवसायका लागि प्रोत्सहान स्वरुप करिव ४० जनालाइ अधिकतम नगद रु १ लाख रुपैया सम्म अनुदान दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

बन्दीपुरमा सुरक्षित आप्रवासन (सामी) तथा पुनःएकिकरण कार्यक्रम सम्बन्धी जनप्रतिनिधीहरुलाई अभिमुखिकरण कार्यक्रम समेत सोमबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि चालु आर्थिक बर्षबाट सुरक्षित आप्रवासन कार्यक्रम संचालित गरिएको छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले प्रस्तुती दिएका थिए भने सुरक्षित आप्रवासन (सामी) सम्बन्धी क्रियाकलाहरुको प्रगती विवरण कार्यक्रम संयोजक लुना रानाले गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तीहरुका लागि पुनःएकिकरण कार्यक्रम सम्बन्धी फोकल पर्सन एव रोजगार संयोजक शरण सिँह गुरुङले आफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को