कांग्रेस केन्द्रीय सदस्य भट्टराई भन्छन्ः पार्टीमा नयाँ विचार र पुरानो संस्कार चाहिएको छ

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक भट्टराईले पार्टीमा प्रेम र सद्भावमा कमी आएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बिहीबार विचार राख्दै भट्टराईले पार्टी स्थापना कालमा फरक संस्कार भएको तर त्यो अवस्था अहिले नभएको बताए । पार्टीमा नयाँ विचार र पुरानो संस्कार चाहिएको भट्टराईले बताए ।

‘पार्टी बलियो १÷२ कुराले बनाउँछ । एक विचार, दोस्रो संस्कार । विचार प्रगतिशील हुन्छ परिमार्जित पनि हुँदै जान्छ्,’ भट्टराईले भने, ‘महत्वपूर्ण कुरा संस्कार हो । पार्टी स्थापना कालमा फरक संस्कार थियो, पार्टी सदस्यहरू आत्मीयता, प्रेम, सद्भाव भातृत्व थियो । त्यसमा ह्रास आएको छ । पार्टीमा नयाँ विचार र पुरानो संस्कार चाहिएको छ ।’

केन्द्रीय सदस्य भट्टराईले जेनजी आन्दोलन केवल सत्ता परिवर्तनका निम्ति मात्रै नभएर शैली परिवर्तनका निम्ति पनि भएको बताए । सरकारप्रति लक्षित गर्दै भट्टराईले आफू जे पनि गर्ने र पुराना दलका नेतालाई बिना दोष नियन्त्रण गर्नु सुशासन नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको सल्लाहकारले पुलिससँंग मोबाइल खोस्नुलाई सामान्य घटनाका रुपमा मात्रै लिनु हुँदैन ।’

स्थानीय निर्वाचन कांग्रेसलाई ठूलो पार्टी बनाउने अवसर पनि भएको बताउँदै भट्टराईले चुनावलाई उम्मेदवार छान्ने कुरामा मात्र केन्द्रित गर्न नहुने धाराण राखे । ‘हामीले स्थानीय तहमा जितेपछि के गर्ने, कुन कुरालाई प्राथमिकता राख्नेमा केन्द्रित हुनुपर्छ । ताकी हामीले के का निम्ति भोट माग्ने र मतदाताले के का लागि भोट दिने प्रष्ट पार्न जरूरी छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ