बोरिङको पानीले देवघाटको गोहीटारमा सुर्यमुखी खेती (तश्विरहरु )

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ५

देवघाट गाउँपालिका–५ गोहीटारमा पहिलो पटक सुर्यमुखी फुलको खेती गरिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान ब्लक कार्यक्रम अन्तर्गत र गोहीटार कृषि सहकारी संस्था देवघाट– ५ को साझेदारीमा बाँझो जग्गामा पहिलो पटक सुर्यमुखी फुल र मकै खेती गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान ब्लक कार्यक्रम अन्तर्गत निर्माण भएको एउटा बोरिङबाट पानी निकालेर गोहीटारका कृषकहरुले मकै र सूर्यमुखीको खेती शुरु गरेका हुन् ।

उक्त स्थानमा कम्तीमा ३ वटा डिप बोरिङ खन्न सकियो भने त्यस क्षेत्रका सबै बाँझो जग्गामा खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । यसकोलागि सिंचाई तथा जलश्रोत डिभिजन कार्यालय, तनहुँको ध्यानाकर्षकण गरिएको तिवारीले बताए ।

वर्षायाममा आकासे पानीको भरमा उक्त क्षेत्रमा धान खेती गरेपनि हिउँदमा भने जग्गा बाँझो नै रहने गरेको हुँदा गोहीटार कृषि सहकारी संस्थासँग समन्वय गरेर पहिलो पटक सुर्यमुखी फुलको खेती गरिएको हो । साथै कृषकहरुले उक्त ठाउँको केही जग्गामा मकैको खेती समेत गरेका छन् ।

 

गोहीटार कृषि सहकारी संस्थाका बद्रिप्रसाद मिश्रले कृषि ज्ञानकेन्द्रको सहयोगमा डिप बोरिङ खनिएको र त्यसबाट पानी निकालेर सुर्यमुखी खेती गरिएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता