एक `साधक´ को सादगी जीवनी : रामचन्द्र ढकाल

Devghat Online

शेयर गरौ

भीमलाल लामिछाने

पोखरा

गोरखाका राजा पृथ्वीनारायण शाहको गोरखा दरवारमा एउटा कुलानन्द ढकाल नाम गरेका दरवारिया राजज्योतिषी थिए । उनलाई राजपुरोहित भनेर पनि भनिन्थ्यो । जसरी अहिले हामीले देख्ने गरेको बालकृष्ण समको निर्देशनमा अमर चित्रकारले तयार गरेको पृथ्वीनारायण शाहले तत्कालीन समयमा लगाइने गरेको पोशाक अन्य राजा महाराजले लगाइएको पोशाकभन्दा फरक छ, त्यसरी नै ती राजज्योतिषीले लगाउने पोशाक पनि अरू सर्वसाधारणले लगाउने पोशाक र दरवारकै अन्य गुरु, पण्डितहरूले लगाउने पोशाकभन्दा केही फरक किसिमक‍ो थियो । ती राजज्योतिषी गोरखाकै तत्कालीन बोर्लाङ गाउँ तथा हालको भीमसेन गाउँपालिकाका निवासी थिए । उनले दिएको साइतमा पृथ्वीनारायण शाहको विजययात्राको शुभारम्भ हुन्थ्यो र विजय प्राप्त हुन्थ्यो ।

एउटा सानो पहाडी राज्य गोरखाबाट पृथ्वीनारायण शाहले सुरु गरेको विजययात्राले पश्चिमका २२ से, २४ से, काठमाण्डू उपत्यकाका कान्तिपुर, ललितपुर, भादगाउँ तथा पूर्वका मकवानपुर, चाैदण्डीगढी र विजयपुरसहित ५२ वटा राज्यमा विजय गरेर विशाल नेपाल हुनु सुरुमा तिनै राजज्योतिषी कुलानन्द ढकालले दिएको ज्योतिषीय साइतको प्रतिफल थियो । ती पृथ्वीनारायण शाहका दरवारका ती राजज्योतिषीले लगाउने पोशाक विशेष किसिमको थियो । यसै विषयलाई लिएर वि. सं. २०६० सालदेखि चितवनमा बस्दै आएका तिनै राजज्योतिषी कुलानन्द ढकालका ११ औै पुस्ताका सन्तति रामचन्द्र ढकाल ` साधक ´ को बारेमा मैले छ‍ोटो टिप्पणी लेख्ने साहस गरेको छु :

१ ) बाल्यकाल : वि. सं. २०३५ सालमा गोरखाको तत्कालीन बोर्लाङ गाउँमा माता डोलकुमारी तथा पिता पं.गुणकान्त ढकालबाट जन्मनु भएका रामचन्द्र ढकालको २२ वर्षको उमेरमा एक सुशील कन्या पुनमसँग विवाह भई पारिवारिक बन्धनमा बाँधिनु भएको हो । वहाँका एक दिदी र दुई बहिनी हुनुहुन्छ र सन्तानको रूपमा दुई छोरी र एक छोरा रहेका छन् । वहाँले बाह्रखरी बर्णमालाको ज्ञान आफ्नै पिताजीबाट पाउनु भएको थियो । त्यतिमात्र होइन, वंश परम्परादेखि चल्दै आएको कर्मकाण्डीय शिक्षा पद्धति, ज्योतियीय शिक्षा र संस्कृत शिक्षा पनि वहाँले आफ्नै पिताजीबाट पाउनु भएको हो । यी शिक्षाहरूलाई स्वध्याय गर्दै वहाँले पूर्णता प्राप्त गर्नु भई अहिले वहाँ कर्मकाण्डीय काम, ज्योतिषीय काम तथा संस्कृत र संस्कृतिका ज्ञाता हुनुहुन्छ । ग्रामिण परिवेशमा जन्मेकाले सानैदेखि गाई ,बाख्रा चराउनेदेखि घाँसपातसमेत काट्ने काम गर्नु हुन्थ्यो वहाँले । वहाँका पिताजी पनि एक कर्मकाण्डीय ब्राह्मण नै हुनुहुन्छ । यो वहाँको गाउँले जनजीवनको पहिचान हो ।

२ ) शिक्षा आर्जन : घरमै पिताजीबाट प्रारम्भिक वर्णमाला सुरु गर्नु भएका रामचन्द्र ढकालले आफनै गाउँको विद्यालयमा प्राथमिक तथा माध्यमिक शिक्षा पूरा गरी काठमाण्डाै त्रि. वि. वि .बाट इतिहास विषयमा स्नातकोत्तर उपाधि लिनु भएको छ । एउटा ग्रामिण परिवेशमा जन्मेर हुर्केको बालकले गाई बाख्रा चराउँदै, घाँस काट्दै पढ्न सुरु गरेर स्नातकोत्तरसम्मको शिक्षा हाँसिल गर्नु एक उदाहरणीय र अनुकरणीय काम हो ।

३ ) जीविकोपार्जनको माध्यम : ग्रामिण परिवेशको व्यक्तिले जसरी तसरी भए पनि शिक्षा आर्जन गरेपछि पुँजीको अभावले उसले व्यापार गर्न सक्दैन, उद्योग गर्न सक्दैन, राजनीति गर्न सक्दैन, ठेक्कापट्टा गर्न सक्दैन, अनि उसले जिउनको लागि आफूले प्राप्त गरेका शिक्षाका प्रमाणपत्र धितो बन्धक राखेर नोकरी खोज्नु उसको बाध्यता हुन्छ । यदि समयमा नोकरी मिलेन भने बाध्यतावश उसले विदेशमा गएर आफ्नो याैवनावस्था बिताउनु पर्छ । अहिले गरिव किसान वर्गका आम नेपालीको अवस्था यसरी नै बितिरहेको छ । अझै ठेट भाषामा भन्ने हो भने ब्रह्मचर्याश्रम पार गरेका आम नेपालीको पहिचान नै यही भएको छ ।

अब गोरखाको बोर्लाङ गाउँमा जन्मेक‍ो एउटा किसानको छोरा रामचन्द्र ढकालले पनि जसोतसो गरेर स्नातकोत्तरको उपाधि लिएपछि नोकरीको खोजीमा विभिन्न विद्यालयमा चाहार्दै अन्तमा वि. सं. २०५९ सालबाट आफ्नै गाउँ बोर्लाङकै प्राथमिक विद्यालयबाट शिक्षकको काम पाउनु भयो र विदेश पलायन हुन परेन । यसरी प्राथमिक विद्यालयको शिक्षकबाट सेवा प्रवेश गर्नु भएका रामचन्द्र ढकालले चितवनको माध्यमिक बिद्यालयमा लामो समय प्राचार्यको भूमिका पनि निर्बाहा गर्ने माैका पाउनु भयो र अहिले पनि वहाँ चितवनको एक माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउँनु भएको छ र साथै वहाँकी धरमपत्नीले पनि वहाँकै सिको गरेर शिक्षक पेशा अँगाल्दै आउनु भएको छ ।

४ ) बसाइँ सराइँ र लेखन कार्य : आफूले पाएको ज्ञानलाई अझै फराकिलो रूपमा सदुपयोग गर्ने विचारले रामचन्द्र ढकाल सपरिवार वि. सं २०६० सालमा चितवन जिल्लाको रत्ननगरमा बसाइँ सर्नु भयो र त्यहाँको माध्यमिक विद्यालयमा अध्यापन गराउनाको साथै आफूले प्राप्त गरेको ज्ञानको सदुपयोग गर्दै वहाँले विभिन्न विधामा कलम चलाएर नयाँ-नयाँ कृतिहरू लेखेर समाजलाई टक्-याउनु भएको छ । कुलपूजाको विषयमा, मष्टो देवताको विषयमा, वैदिक सनातनी हिन्दु धर्मको विषयमा, बाैद्ध धर्मको विषयमा, इसाई र कुरान धर्मको विषयमा, संस्कृति-संस्कृत-संस्कारको विषयमा, दर्शन र इतिहासको विषयमा, वेदको विषयमा, गोरखा बोर्लाङ्का ढकाल वंशको वंशावली समेतका विषयमा वहाँले करिव एक दर्जन कृतिहरू लेखिसक्नु भएको छ । हाल यी कृतिहरू राष्ट्का सम्पति भएका छन् ।

५ ) एक `साधक ´ को नामले परिचित – साविकमा रामचन्द्र ढकालमात्र नाम रहेकोमा पछि सङ्गत आश्रम, नेपालका संस्थापक अध्यक्ष गुरु पुष्पराज ` पुरुष ` सँग सम्पर्क बढ्दै गएपछि वहाँले २०८० सालबाट आफूलाई रामचन्द्र ढकालपछि ` साधक ´उपनाम लेखेर परिचित गराउनु भएको छ । यो साधक शब्दले वहाँका ११ औं पुस्ता पहिलाका जिजुका पनि जिजु, जिजुका पनि जिजु पं. ज्योतिषी कुलानन्द ढकालले लगाउने पोशाकको झझल्को दिएको छ । किनकि निज कुलानन्द ढकाल राजज्योतिषीले लगाउने विशेष खालको पोशाक र यी रामचन्द्र ढकालले लगाउने पोशाक समान किसिमको छ । त्यसैले वहाँको `साधक ´ उपनाम सार्थक भएको छ । यही पोशाक नै वहाँक‍‍ो पहिचान भएको छ ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठन नेपाल तथा सङ्गत आश्रम नेपाल समेतका संस्थापक संरक्षक तथा अध्यक्ष पुष्पराज `पुरुष´ले पनि यही पोशाक लगाएर पृथ्वीनारायण शाहका राजजयोतिषी कुलानन्द ढकालको पहिचान दिनु भएको छ । यिनै पुष्पराज ` पुरुष ´ कै प्रेरणाले यी रामचन्द्र ढकाल `साधक ´ ले पनि यो विशेष किसिमको पोशाक र वैदिक सनातनी हिन्दुधर्मको जगेर्नाको कार्यमा लागिरहनु भएको छ ।

६) आध्यात्मिक अभियन्ताको नामले पनि परिचित : भारतका राष्टपिता महात्मा गान्धीले नुन,चिनी, दूध परित्याग गरेजस्तै यी ` साधक ´ रामचन्द्र ढकालले पनि विगत ५ वर्षदेखि नुन र चिनी परित्याग गर्नु भएको छ । सात्तिक भोजन र सादा जीवन नै वहाँको पहिचान बनेको छ । वहाँको सात्तिक भोजन , विशेष किसिमको किनारामा बुट्टा भएको गेरुरङ्गको पोशाक र वहाँको वैदिक सनातनी हिन्दु धर्मसँग सम्बन्धित संस्कार-संस्कृति-संस्कृतिको लगाव देख्दा वहाँको ` साधक ´ उपनामको सार्थकता देखिएको छ ।

वैदिक सनातनी हिन्दु धर्मको पुनर्स्थापनामा लाग्नु भएका वैदिक हिद्दु धर्मका अभियन्ता श्री पुष्पराज ` पुरुष ´को सङ्गतआश्रम नेपालको सदस्य बनेर वैदिक सनातन हिन्दु धर्मको जगेर्ना गर्ने काममा पनि सशक्तरूपले लागिरहनुले वहाँ एक आध्यात्मिक अभियन्ता, अनुसन्धानकर्ता, शिवसााधना साधक आदिको रूपमा परिचित हुनुहहुन्छ । यसैले वहाँको सादगी जीवन नै साधक उपनाको पर्याय बनेको छ ।

( लेखक नेपाल सरकारका पूर्व उपसचिव एवं लामिछाने बन्धु समाज, नेपालका संस्थापक केन्द्रीय अध्यक्ष हुनुहुन्छ। )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहिद पत्नी इन्दिरा खनालद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

तनहुँ । असोज २० नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत तनहुँकी इन्दिरा खनालले केन्द्रीय सदस्य पदमा