दमौली, जेठ ७
गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महतले स्थानिय क्षेत्रमा भएको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण तथा संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । म्याग्दे गाउँपालिका वडा नम्बर २ स्थित दभुङ चण्डीदेवी संरक्षण समितीले आयोजना गरेको कार्यक्रममा सांसद महतले सो कुरा बताएका हुन् ।



स्थानिय क्षेत्रमा पुरातात्विक महत्व वोकेको स्थलहरु असंख्य छन् तर त्यसको उचित प्रर्वधन हुन नसकेको भन्दै उनले पुरातात्विक महत्व बोकेको स्थललाई संरक्षण गर्दे थप विकास गर्ने हो भने स्थानिय पर्यटन मात्र होईन वाह्य पर्यटन पनि आर्कषित गर्न सकिने बताए । जसले गर्दा विकास र समृद्धिमा टेवा पुग्ने भन्दै उनले जहाँ आवात जावत वढि हुन्छ, स्वतः विकास हुने हुदाँ धार्मिक स्थलको महत्व वुझनुपर्ने बताए ।
सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानिय क्षेत्रमा भएको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण तथा संरक्षणमा जोड दिनुपर्ने बताए । देशमा आर्थिक उपार्जनको बलियो आधार नै धार्मिक तथा पर्यटनको क्षेत्र भएको हुदाँ त्यसलाई सम्र्वद्दन तथा प्रर्वधनका लागी स्थानिय समुदाय नै लाग्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
यसैगरि गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले म्याग्दे गाँउपालिका भित्र असंख्य मात्रामा धार्मिक तथा पर्यटीय स्थल रहेको भएता पनि त्यसलाई चिन्न नसकेको बताए । ‘सधै हामीहरु आफैमा विवाद सिर्जना गर्न उद्यत छौ, तर सम्भावनालाई परिणाममुखी वनाउन सक्दैनौ’ घिमिरेले भने ‘कम्तीमा पनि आफनो पालिका भित्रको सवै मठमन्दिर पुगियो भने पनि त्यसले धेरै आशा जगाउँदछ, जसले गर्दा हामीमा ईच्छाशक्ति वढाउँछ ।’ आफुमा भएको सुन्दरता देख्न नसक्ने तर नक्कली देखासिकीले प्रभाव पारेको हुदाँ स्थानिय क्षेत्रमा भएको मठ मन्दिरको पर्वद्धनमा जोड दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताए । देशमा अझै काम गर्ने जनशक्ति रहेको तर अवको केही समय पछि त्यो जनशक्ति नभएको हुदाँ समयमा नै कर्ममा ध्यान दिनुपर्ने घिमिरेले बताए ।
मन्दिर संरक्षण समितीका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य बद्रिका घिमिरे, जानुका थापा, वडाध्यक्ष मणिभद्र वाग्ले, शिववहादुर रानाभाट, दीपक श्रेष्ठ, वडासदस्यहरु रमेश घिमिरे लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमका प्रकाश विष्णुकुमारले पारेका थिए भने कार्यक्रम सन्चालन समितीका सचिव सन्तकुमार श्रेष्ठले गरेका थिए ।












