पौडी खेल्ने क्रममा नदीले बगाइ एक बेपत्ता

Devghat Online

शेयर गरौ

दमौली, जेठ १३

पौडी खेल्ने क्रममा शनिबार भानु नपा–८ बलिफाँटका ३५ बर्षिय शुकबहादुर नेपाली वेपत्ता भएका छन् ।

शनिबार दिउँसो ११ः४५ बजे सतिदेबि मन्दिरको निमार्णकोलागी श्रमदान गर्न जान्छु भनि घरबाट निस्किएकोमा घर नजिकैको मर्याङ्दिी नदीको किनारामा पौडी खेल्ने क्रममा नेपालीलाई नदिले बगाई बेपत्ता बनाएको थियो ।

उनको खोजतलासको लागी प्रहरी चौकी पुर्कोट, ईलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली तथा मनकामना गण भानुबाट उद्दार सामाग्री सहितको शसस्त्र प्रहरी बल र स्थानिय मानिसहरु समेतको संयुक्त टोलीले खोजी गरेपनि साँझसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर