दोषीलाई कारवाहीको प्रतिबद्धतापछि देवघाटका कर्मचारीहरु काममा फकर्ने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १३

दोषीलाई कारवाहीको प्रतिबद्धतापछि देवघाटका कर्मचारीहरु काममा फकर्ने भएका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुर्णबहादुर कुवँरका छोरा हरि कुवँरले अनुगमनमा गएका प्राविधिक कर्मचारीमाथि माथि गालीगलौज तथा दुव्र्यहवार गरेको भन्दै आन्दोलित भएका देवघाट गाउँपालिकाका कर्मचारीहरु शनिबारको भेलामा दोषीलाई कारवाहीको प्रतिबद्धता भएपछि काममा फर्कने भएका हुन् ।

कर्मचारीमाथि अभद्र व्यवहार भएको भन्दै गाउँपालिकाको कामकाज बन्द गर्ने घोषणा गरेका कर्मचारीहरुले शनिबार सो घोषणा फिर्ता लिएका हुन् । वडा नम्बर ५ का वडा अध्यक्ष कुवँरको पहलमा शनिबार बिहान गाउँपालिकाको कार्यालयमा भएको बृहत वडा भेलामा दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त भएपछि कर्मचारीहरु काममा फर्कन राजि भएका हुन् । भेलामा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कर्मचारीको मनोबल कमजोर हुने गरि कुनै काम नहुने बताए । उनले छानविन गरि दोषीलाई कारवाही गरिने बताए ।

कर्मचारीलाई दुव्र्यहवार गरेको आरोप लगाएका हरि कुँवरले पनि आफ्नो कमजोरी स्विकार गरेको भेलाका एक सहभागीले बताए । वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले पनि दोषी जो भएपनि उन्मुक्ति नदिने बताएका छन् ।

देवघाट गाउँपालिकाका सबइन्जिनियर परिक्रमा पन्त र वडा प्राविधिक बिनिता पुनलाई हरि कुवँरले दुव्र्यवहार गर्दै धम्कीपूर्ण व्यवहार गरेको आरोप कर्मचारीहरुले लगाएका थिए । देवघाट गाउँपालिका वडा नम्बर ५ मा निर्माणधीन रातमाटे प्रवेशद्वारबाट माथि रातमाटे बस्तीतर्फ जाने अधुरो मार्ग ढलान कार्यको अवलोकन गर्न गएको समयमा आफुहरु माथि दुव्र्यवहार भएको सब ति प्राविधिक कर्मचारीहरुले बताए ।

यसैगरि उक्त घटनाको विरोधमा कर्मचारीहरुले गाउँकार्यपालिकाको लेटरप्याड प्रयोग गरि वडा अध्यक्षको विरुद्धमा विज्ञप्ति निकालेकोमा कर्मचारीहरुले आत्मालोचना गरेका छन् । भेलामा कर्मचारीले निकालेको विज्ञप्तिको पनि आलोचना गरिएको थियो । गाउँ कार्यपालिकाको लेटर प्याड प्रयोग गरिनु आफुहरुको कमजोरी भएको भन्दै कर्मचारीहरुले सो प्रति क्षमायाचना गर्दै आईतबारबाट काममा फर्कने विज्ञप्ति मार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता