नयाँ पुराना सबै जोडिएका भ्रष्टाचारमा निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छः भट्टराई

Devghat Online

शेयर गरौ

दमौली, जेठ १४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै नयाँ पुराना ठूला सबै भ्रष्टाचार काण्डमा निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् । आफ्ना मतदातालाई धन्यवाद दिन गृहजिल्ला तनहुँ पुगेका उनले आँबुखैरेनी तथा भानुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कांग्रेसले कसैको पक्ष नलिने भन्दै सबै घटनामा निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

पैसा लिनु मात्र नभै खराब आचरण पनि भ्रष्टाचार भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै नयाँ दल रास्वपामा सांसद तथा मन्त्री बन्न भएको भनिएको लेनदेन तथा राष्ट्रिय परिचय पत्रको प्रमाणीकरण विदेशीलाई दिन लागिएको विषयमा पनि निष्पक्ष छानविन गर्नुपर्ने बताए ।

नयाँ दलमा यति चाँडो यस्ता विषय आउनुले राम्रो शंकेत गर्दैन, उनले भने यी घटनाहरुमा पनि छानविन हुनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ । उनले देशमा जताततै भ्रष्टाचारमा संलग्नताका कारण राजनीतिप्रति मानिसको वितृष्णा अएको भन्दै सोही नाममा आएकाहरुमा पनि यति चाँडो भ्रष्टाचारको विषय आउनुले राम्रो शंकेत नगर्ने बताए ।

भट्टराईले कोरोनाको समयमा उपकरण खरिदमा संल्ग्न ओम्नी, सुरक्षा छपाई मेशिन खरिदमा जोडिएका नेतासँगै यति समूहमार्फत भएका गलत कामहरुको समेत छानविन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर