रेशम चौधरीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस

Devghat Online

शेयर गरौ

दमौली, जेठ १५

सरकारले टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफीको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आईतवार बसेको मन्त्रीपरिषदको बैठकले चौधरीलाई आममाफीको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सुचना तथा सन्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

गणतन्त्र दिवसको अवसर सोमबार राष्ट्रपति पौडेलले चौधरीलाई माफि दिएपछि चौधरी रिहा हुने छन् । कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएकोमा उच्च अदालत र सर्वोच्च अदालतले समेत उक्त फैसलालाई सदर गरेको थियो ।

कैलालीको टिकापुरमा दुधे बालक सहित प्रहरी अधिकारीहरुको सामुहिक हत्याकाण्डमा अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो । चौधरी केन्द्रीय कारागार डिल्ली बजारमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर