तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा

Devghat Online

शेयर गरौ

दमौली, जेठ १५
गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी रिहा गरिएको । जिल्ला अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो ।

कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्दामा आषिश आले र कर्तव्य ज्यान मुद्दाका सुन्दर परियार रहेका छन् ।

कैद मिनाहा हुने मध्ये सवारी ज्यान मुद्दाका आलेले तीन वर्ष कैद भुक्तानी गरेसकेका छन् भने एक वर्ष चार महिना २३ दिन छुट पाएका छन् । त्यस्तै बहुविवाह मुद्धाका सार्कीले पाँच महिना २० दिन पाएका छन् । उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता