सरकारले सांसद् विकास कोष (संसदीय विकास पूर्वाधार कार्यक्रम) ब्युँताएको छ । संघीय सांसदमार्फत् खखर्च हुने उक्त कोषबाट जथाभावी खर्च भएको भन्दै यसअघि हटाइएको थियो ।
सांसदहरुको दबाबमा सरकारले पुन: उक्त कार्यक्रम ब्यूँताएको हो । जसका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ। न्यूनतम १ करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट गर्ने भनिएको छ ।



जसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिकका क्रममा बताएका हुन् ।












