आवुँखैरेनी गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

आवुँखैरेनी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । आवुँखैरेनी गाउँपालिकाले खोप सम्बन्धी सबै कार्य पूरा गरि पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका ६ वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए । गाउँपालिकाको सवै वडाका अध्यक्षहरुलाइ समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता १५ देखी ५९ महिना उमेर भित्र सबै खोप हरु पुरागरी बालबालिकाहरुलाइ रोगबाट सुरक्षित बनाऔं’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रम अन्तर्गत खोप अभियान पुरा भएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने बताए ।

गाउँपालिका शुक्र चुमानले पालिकाले स्वास्थ्य शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको बताए । गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो रहेको बताए । गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता