आँबुखैरेनी गाउँपालिकामा बेरुजु रकमको दर घट्दै, पछिल्लो बेरुजु साढे ११ करोड

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

तनहुँको आँबुखैरेनी गाउँपालिकामा बेरुजु रकम झण्डै साढे ११ करोड पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आ.व. २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन अनुसार गाउँपालिकामा बेरुजु ११ करोड ४० लाख ५१ हजार रुपैयाँ देखिएको छ ।

प्रतिवेदन अनुसार पुरानो बेरुजु १० करोड ६० लाख ६१ हजार रुपैयाँ देखिएकोमा यो वर्ष ७९ लाख ९० हजार थप भएर ११ करोड ४० लाख ५१ हजार पुगेको हो । पछिल्लो वर्ष १ करोड ३२ लाख ६१ हजार बेरुजु देखिएकोमा ५२ लाख ७१ हजार रुपैयाँ फस्र्यौट गरिएको र बाँकी ७९ लाख ९० हजार बेरुजु देखिएको छ ।

जसमध्ये ३३ लाख ८१ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने बेरुजु देखिएको छ भने ४१ लाख ७८ हजार रुपैयाँ नियमित गर्नुपर्ने देखिएको छ । त्यस्तै ४ लाख ३१ हजार रुपैयाँ नियमित बेरुजु देखिएको छ ।

तथ्यांकले पछिल्लो समय आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकमको दर भने घट्दै गएको देखाएको छ । अघिल्लो आवमा २ करोड ३ लाख ५४ हजार बेरुजु देखिएकोमा यो वर्ष जम्मा ७९ लाख ९० हजार मात्र देखिएको छ । यो रकम अघिल्लो आवमा भन्दा १ करोड २३ लाख ६४ हजार कम हो । बेरुजु रकमको सन्दर्भमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले आफुहरु गाउँपालिकामा भएका बेरुजु घटाउन सक्रियतापूर्वक लागिरहेको बताए ।

‘सकेसम्म हामी शुन्य बेरुजु बनाउने अभियानमा छौ’ उनले भने ‘यसका लागि गाउँपालिकाको लेखाप्रशासन लेखासमिति सबै लागि परेका छौं’ । महालेखा परीक्षकको कार्यालयले केहि समय अघि सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा सबैभन्दा कम बेरुजु हुने तनहुँको स्थानीय तहमध्ये आँबुखैरेनी दोस्रो स्थानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र