गर्मी बढेपछि देवघाटका विद्यालय पाँच दिन बन्द हुने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ २१
अत्याधिक गर्मी बढेपछि देवघाटका विद्यालय सोमबारदेखि ५ दिन बन्द हुने भएको छ । देवघाट गाउँपालिकाले (सोमबार ) देखि गाउँपालिकाको वडा नम्बर १ र ५ भित्रका सबै विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

केही दिनदेखि अत्याधिक गर्मीका कारण विद्यालयहरुमा शैक्षिक क्रियाकलापहरु सन्चालन गर्न कठिनाइ भैरहेको गुनासो आएको कारण उक्त दुई वडाका विद्यालयहरुमा शैक्षिक सत्र २०८० को वर्षे विदाबाट कट्टा हुने गरी जेष्ठ २२ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

अन्य वडामा भने चिसो ठाउँ भएकोले विद्यालय बन्द गर्ननु नपरेको शिक्षा शाखाका प्रमुख लामिछाने बताए ।

अत्याधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

खेल भावनालाई राष्ट्रियतासँग नजोड्न प्रधानमन्त्रीलाई एमाले नेतृ न्यौपानेको सुझाव

काठमाडौं । जेठ ३१ नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले खेल भावनालाई राष्ट्रियतासँग जोड्ने काम