निर्मल माविमा अन्तरिक्ष अध्ययनबारे कार्यशाला

Devghat Online

शेयर गरौ

दमौली, जेठ २८

अन्तरिक्ष प्रतिष्ठान नेपालको आयोजना तथा विज्ञान विभाग, निर्मल माध्यमिक विद्यालयको ब्यवस्थापनमा गत जेठ २२ देखि सन्चालित युनेस्को टिकरिङ स्याटलाईट बुटक्याम्प आईतबार सम्पन्न भएको छ ।

उक्त कार्यशालाको अन्तिम दिन आईतबार निर्मल माविमा कार्यशालामा निर्मित स्याटेलाइट र सेन्सर सम्बन्धित सामग्रीहरूको प्रदर्शनी तथा समापन कार्यक्रम आयोजना गरिएको थियो । निर्मल माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष हरिशरण खनालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाइका तनहुँका इकाई प्रमुख बसन्तराज पौडेल रहेका थिए ।

कार्यक्रममा पहिलो नेपाली स्याटेलाइट निर्माण र प्रक्षेपण गर्ने अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. आभाष मास्केले नेपालमा अन्तरिक्ष अध्ययनबारे प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले ५ दिनसम्म अन्तरिक्ष प्रतिष्ठान नेपालबारे जानकारी हासिल गर्नुका साथै सोल्डरिङ गर्ने, भुकम्प, चाल तथा पानीको सतह सम्बन्धि सेन्सर निर्माण, स्याटेलाइट जडान र निर्माण, स्याटेलाइट प्रोग्रामिङ, इलेक्ट्रोनिक्स सर्किट डिजाइन आदि सम्बन्धि सीप सिकेका थिए ।

कार्यक्रममा २३ विद्यालयका १ सय १२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो भने आईतबार भएको प्रदर्शनीमा दमौली आसपासका उल्लेख्य विद्यालयबाट धेरै विद्यार्थीहरूले अवलोकन गरेका थिए । प्रतिष्ठानले निर्मल माविमा स्याटेलाइट सम्वन्धि ल्याबको सुरूवातको लागि आवश्यक सामग्रीहरू हस्तान्तरण पनि गरेको छ ।

इच्छुक विद्यार्थीहरूले विद्यालयको समन्वयमा उक्त ल्यावमा कामहरू गर्न सक्ने कुरा निर्मल माविका प्रअ गणेशचन्द्र बस्नेतले जानकारी गराए । प्रअ बस्नेतले यस्तो नविनतम प्रविधियुक्त कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सहजिकरण गर्ने अनुसन्धानकर्ताहरू विकल्प ढुङ्गाना, सागर कोइराला र रौनक पाण्डेको कार्यप्रसंशा गर्दै धन्यवाद ज्ञापन गरे थिए ।

सो कार्यक्रममा प्रतिष्ठानको तर्फबाट प्रमुख अतिथी, विद्यालय तथा विद्यालयका एक जना स्वयंसेवक विद्यार्थीलाई पहिलो नेपाली स्याटेलाइटले नेपालीसात–१ ले अन्तरीक्षबाट खिचेको पृथ्वीको सुन्दर तस्विर प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र