२० करोड लगानीमा बन्दिपुरमा तालपार्क निर्माण हुँदै

Devghat Online

शेयर गरौ

बसन्त पौडेल
बन्दिपुर, जेठ ३०

पर्यटकीय नगरी बन्दिपुरमा ताल पार्क परियोजना निर्माण कार्य अगाडि बढेको छ । नगरपालिकाको पर्यटकीय क्षेत्र पहाडपानीमा तालपार्क निर्माण गर्न लागिएको हो ।

संघ सरकारको सहयोग तथा पालिकाको नेतृत्वमा स्थानीयको समेत साझेदारी सहित तालपार्क निर्माण सुरू गरिएको हो ।
पहाडकी रानी उपनामले चिनिने बन्दिपुर आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । बन्दिपुर घुम्न जाने पर्यटकहरूलाई लक्षित गर्दै करिब २० करोड रुपैयाँ अनुमानित लागतमा तालपार्क निर्माण गर्न लागिएको हो ।

२०७९ साउन ४ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गरेपछि तालपार्कको निर्माण प्रक्रिया सुरु गरिएको हो । शिलान्यासको एक वर्षमा तालपार्कको डिपीआर स्वीकृत गरिसकिएको छ भने तालका लागि ड्याम निर्माण कार्य अगाडि बढेको छ ।

‘बन्दिकापुर पच्चिस पोखरी तालपार्क’ नाम राखिएको यस परियोजनामा जोडिने बन्दिपुरका हरेक सदस्यको नाम समावेश गरिनेछ । यसपछि संसारकै सबैभन्दा लामो नाम भएको तालपार्कको रुपमा गिनिज बुकमा विश्व रेकर्ड कायम राख्ने लक्ष्य रहेको बन्दिपुर विकास समिति ९तालपार्क०का संरक्षक नमस्तेलाल भूमिले जानकारी दिए ।

नयाँ सोच तथा नयाँ खोजका रुपमा विकास गरिने यस तालपार्क आपतकालीन पानीको स्रोतको रुपमा प्रयोग गरिनेछ । यसमा माछा पालन गर्ने तथा तालमा सयर गर्नका लागि डुङ्गाको व्यवस्था पनि गरिने उनले बताए ।

स्थानीयलाई रोजगारी समेत सिर्जना हुने यस तालपार्क १७ रोपनी जग्गामा फैलन्छ । जसमा उद्यान, पार्क, म्युजियम तथा पार्किङ लगायतको सुविधा हुनेछ ।

जग्गाको बीचदेखि उत्तरतर्फ ताल बन्छ भने दक्षिणतर्फ म्युजियम तथा अर्कोतर्फ पार्किङ बनाइनेछ । पार्कलाई प्राकृतिक शैलीको बनाइनेछ । जसमा आधुनिक केही प्रयोग नगरिने संरक्षक भूमिको भनाइ छ ।

‘पर्यटकहरूका लागि निश्चित शुल्क लिएर तालपार्क घुम्ने, डुङ्गामा शयर गर्ने जस्ता सुविधा दिइनेछ,’ उनले भने ।

मानवनिर्मित तालको रुपमा परिचित हुने यस तालपार्क बन्दिपुरका लागि मात्र नभई देशकै लागि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बन्दिपुरको पहिचानको रुपमा स्थापित हुने यस तालपार्कको म्युजियममा संसारमा कहीँ नदेखिने कुरा यहाँ राखिने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता