ऋषिङ्ग– ७ र ८ मा निशुल्क दन्त परिक्षण शिविर, २ सय जना लाभान्वित

Devghat Online

शेयर गरौ

अन्जान परियार

ऋषिङ्ग, असार ७

ऋषिङ्ग गाउँपालिका वडा नम्बर ७ र ८ का नागरिकलाई लक्षित गरि एक दिने निशुल्क दन्त परिक्षण शिविर विहिबार सम्पन्न भएको छ । सहयात्री नेपाल काठमाडौको प्राबिधिक सहयोगमा आयोजित उक्त शिविरमा २ जनाको दन्द परिक्षण गरिएको वडा नम्बर ८ का अध्यक्ष भरत कृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त शिविरमा दाँत भर्ने, सफा गर्ने र दाँत उखेल्ने जस्ता सेवा प्रवाह भए संगै परिक्षणमा सहभागीहरु प्रत्येक लाई एक ब्रस र कोलगेट बितरण गरिएको थियो ।  विशेषज्ञ डाक्टरहरुबाट परिक्षण गरि ठूलो समस्या देखिएमा रोग पत्ता लगाएर सम्बन्धित हस्पिटलमा उपचार गर्न पठाइएको थियो ।

वडा अध्यक्ष श्रेष्ठको पहलमा उक्त वडामा धेरै सामाजिक कामहरु भईरहेका छन् । उनले जनतासँग जोडिएर हातेमालो गर्दै काम गरिरहेका छन् । उनले सामाजिक सुरक्षा भत्ता बितरणको बेला आफ्नै निजि सवारी साधनमा वृद्धबृद्धालाई ओसारपसार गर्ने गरेका छन् । यस्तै उनले आफ्नो वडा र छिमेकी  वडाका नागरिकहरुलाई आकस्मिक दुर्घटना परेमा तत्काल आफ्नो साधनमा अस्पताल लगेर उपचार समेत गराउने गरेका छन् ।

वडा अध्यक्ष श्रेष्ठको विशेष समन्वयमा केही महिना अघि निशुल्क आँखा शिविर संचालन भएको थियो भने अहिले दन्त शिवीर संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र