बस र कार ठोक्किदाँ ५ जना घाईते

Devghat Online

शेयर गरौ

दमौली, असार ९

बस र कार आपसमा ठक्कर खाँदा ५ जना घाईते भएका छन् । शनिबार दिउँसो भानु नगरपालिका–९ बडहरे स्थित डुम्रे–बेशिसहर सडक खण्डमा बेशिसहरबाट डुम्रे तर्फ जादै गरेको प्र.३–१०२४ च ९८३७ नम्बरको कार र बिपरित दिशाबाट जादै गरेको ग १ख ४३७५ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक ललितमान रुम्बा सहित कारमा सवार ५ जना घाइते भएका छन् ।

घाईते हुनेमा चालक ३९ बर्षिय रुम्बा सहित मकवानपुर हेटौडा उमनपा– १४ का ४१ वर्षिय रन्जन राना, सोही ठाउँका ६५ बर्षिय झम्क गौतम, ५० बर्षिय मधुकर कार्की र ३४ बर्षिय विवेक गौतम रहेका छन् । घाईते मध्ये रानाको अवस्था गम्भिर रहेको छ । घाईते सबैको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी