सडक भासिदा पृथ्वीराजमार्ग अबरुद्ध

Devghat Online

शेयर गरौ

दमौली, साउन २४

बुधबार दिउँसो व्यास नपा–५ कन्टार स्थित पृथ्बीराजमार्गमा सडक भासिएको छ । पृथ्वीराजमार्ग विस्तारको काम भईरहेको स्थानमा सडक भासिदा अहिले दुई तर्फी सवारी अवरुद्ध रहेको छ ।

सडक विस्तारको काम गरिरहेको चाईनिज कम्पनिसँग समन्वय गरी भासिएको सडक मर्मत गरी सवारी साधन सुचारुको लागि पहल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डक भासिएर दुई तर्फी सवारी साधन आवत जावत बन्द भएको हुँदा यस सडक भएर संचालन हुने साना सवारी साधनहरूले बकैल्पिक दमौली, कलेस्ती, दुईपिप्ले पोल्याङ हुँदै पोखराको सडक प्रयोग गरिदिनु हुन प्रहरीले अनुरोध गरेको छ ।

मंगलबार मात्रै व्यास नपा १२ स्थित देउरालीमा सडक भासिदा दिनभर यातयात अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र