दमौली, साउन ३१
मंगलबार सार्वजानिक भएको कक्षा १२ को नतिजामा व्यास नपा–२ स्थित सत्यवती माविले उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका अनुसार विभिन्न शंकायका कुल ४५७ जना परिक्षार्थी मध्ये ३५३ जना उत्तिर्ण भएका छन् । यो संख्या ७७.२४ प्रतिशत हुन आउँछ ।



सत्यतवीबाट सबैभन्दा धेरै व्यवस्थापन शंकायमा २७९ जना परिक्षार्थी मध्ये २०४ जना उत्तिर्ण भएका छन् । त्यस्तै शिक्षा तर्फ ८८ जना परिक्षार्थी रहेकोमा ६८ जना उत्तिर्ण भएका छन् ।
विज्ञान विषय तर्फ ६९ जना परिक्षार्थी मध्ये ६५ जना उत्तिर्ण भएका छन् । विज्ञान तर्फ सबैभन्दा राम्रो नतिजा प्राप्त भएको विद्यालयले जनाएको छ । विज्ञान विषयमा ९४.२० प्रतिशत नतिजा प्राप्त भएको छ । विज्ञान विषयका एक विद्यार्थीले ३.८१ जिपिए प्राप्त गरेका छन् । यसैगरि प्राविधिक विषय तर्फ २१ जना परिक्षार्थी मध्ये १६ जना उत्तिर्ण भएका छन् ।












