पहिरोले सडक अबरुद्ध भएपछि गाउँलेले लगाए नयाँ जुक्तीः आगो बालेर ढुङ्गा फुटाएर बाटो खुलाईयो

Devghat Online

शेयर गरौ

दमौली, भदौ ७

बुद्धसिंह मार्गको बन्दिपुर गाउँपालिका–६ सरङघाट नजिकै आँपखोलामा बुधबार राती ठुलो पहिरो गएर सडक अवरुद्ध भएपछि गाउँलेहरुले नयाँ जुक्ती लगाएर ढुङ्गा फुटाएर बाटो खुलाएका छन् । पहिरोले ठुलो ढुङ्गा खसेर सडक पुर्णरुपमा बन्द भएको त्यसले मानिस र मोटरसाईलक समेत आवत जावत गर्न नसकेपछि गाउँलेहरुले दिनभर ढुङ्गा नजिकै आगो बालेर ढुङ्गा फुटाएर मोटरसाईकल आवत जावत गर्न सक्ने गरि बाटो खुलाएका छन् ।

आगोले ढुङ्गा धेरै तातेपछि फुटाउन सकिन्छ भन्ने सुनेर ढुङ्गा नजिकै आगो बालेर ढुङ्गा फुटाएर बाटो खुलाईएको स्थानिय बासिन्दा हर्कबहादुर थापाले बताए । गत साता पनि उक्त स्थानमा ठुलो पहिरो खसेर एक सातासम्म सडक अवरुद्ध भएको थियो । बन्दिपुर गाउँपालिकाले डोजर पठाएर बाटो खुलाएको तिन दिनमै पुनः ठुलो पहिरो खसेर सडक पुर्णरुपमा अबरुद्ध भएपछि बाटो खुलाउन नयाँ जुक्ती लगाईएको थापाले बताए ।

 

बिहिबार बिहानै सबै गाउँलेहरु भेलाभई ठुला मुढाहरु जम्मा गएर ढुङ्गा नजिकै ठुलो आगो बालेर ढुङ्गा कमजोर बनाएर फुटाएपछि अहिले मोटरसाईकल सम्म आवत जावत गर्न सक्ने भएको थापाले बताए । अव पुनः बाटो पुर्णरुपमा खुलाउन बन्दिपुर गाउँपालिकालाई नै अनुरोध गरिने थापाले बताए । गाउँपालिकाको डोजर आईपुग्न ३÷४ दिन लाग्ने भएपछि अस्थायी रुपमा बाटो खुलाईउने पहल गरेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका