म्याद सकिएको बियर बेच्ने व्यापारीलाई दुई लाख जरिवाना

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ४

जिल्ला प्रशासन कार्यालय तनहुँले म्याद सकिएको बियर बेच्ने व्यास नपा–४ दमौलीका व्यापारी श्रीराम खनाललाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । व्यास नपा–४ स्थित भानु सप्लायर्सका प्रोपाईटर खनालले आफ्नो सप्लायर्सबाट म्याद सकिएको बियर विक्री गर्दै आएको भेटिएपछि प्रशासनले उक्त कारवाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा निरिक्षण अधिकृत काशिराम गैह्रेले सोमबार उक्त जरिवानाको आदेश दिएका थिए ।

गत शनिबार बिहान भएको अनुगमनको क्रममा उक्त सप्लायर्सबाट म्याद गुज्रिएको ७ कार्टुन बियर बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । खनाललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गरिएकोले २ लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ गैह्रेले जानकारी दिए ।

उक्त जरिवाना रकम ७ दिन भित्र बैंकिङ प्रक्रिया मार्फत बुझाउन र सो अवधिमा जरिवाना रकम नबुझाएमा थप कारवाही हुने गैह्रेले बताए । प्रशासनले अव आयन्दा म्याद नाघेका सामान विक्री वितरण नगर्न खनाललाई सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण