लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विभिन्न स्थानीय तहमा कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा तनहुँका विभिन्न स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । तनहुँका स्थानीय तहले विभिन्न कार्यक्रमको आयोजना गरि १६ दिने अभियान मनाईरहेका छन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो अभियान मनाईएको छ ।

म्याग्दे गाउँपालिकाले विहिबार वडा नम्बर २ को कार्यालयमा लैङ्गिक हिंसा विरुद्ध वडा स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरि बन्दिपुर गाउँपालिकाले इलाका प्रहरी कार्यालय समन्वयमा विहिबार वडा नम्बर ३ मा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतनाको कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ्ग, वडा अध्यक्ष परमेश्वर भट्टराई, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले लैङ्गिक हिंसाको विरुद्धमा कडा कानुनी प्रबन्ध गर्नुपर्ने बताए ।

आबुँखैरेनी गाउँपालिकाले भने आज शुक्रबार आबुँखैरेनी बजारमा सचेतना प्रभातफेरी ¥यालीको आयोजना गर्ने भएको छ ।

यस्तै देवघाटले मंसिर १७ गते १६ दिने अभियान तथा अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुकोलागि कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय