देवघाटमा मिनि ट्रक पल्टिँदा २ जनाको मृत्युु

Devghat Online

शेयर गरौ

देवघाट, माघ ८

देवघाट गाउँपालिका-२ कोटबैदी आईतबार राती मिनि ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

दमौलीबाट देवघाट गाउँपालिकाको छिपछिपे तर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनिट्रक आईतवार राती ८ बजे देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनी स्थित भित्री सडकखन्डमा दुर्घटना हुदा ट्रकमा सवार ३ जना मध्ये २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ट्रक सडकबाट ५ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा देवघाट-३ दगराका ६५ बर्षिय नरबहादुर गुरुङ र सोही ठाउँकी ४५ बर्षिया विमाया गुरुङ रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरूलाई उद्धार गरि उपचारकोलागि दमौली अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रकका चालक भने सम्पर्कमा नआएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल