जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २०

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल गुरुङले जातीय पोशाकमा सजिएर मत माग्न थालेका छन् । गुरुङ आदिवासी जनजाती समुहबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

गुरुङले गगन कुमार थापाको नेतृत्वमा नेपाली काँग्रेसको गौरवशाली इतिहासलाई पुनस्र्थापित गर्ने अभियानलाइ साथ दिन आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । त्यस्तै युवा र प्रौढको जोस र अनुभवलाई जोडी नेपाली काँग्रेसलाई सबै उमेर समुहको भरोसायुक्त पार्टी बनाउन, संघर्ष गरेका तर अबसरबाट वन्चित सबै प्रदेशका नेता कार्यकर्ताहरुको सहि मूल्यांकन गर्ने बैज्ञानिक प्रणाली बिकास गर्ने केन्द्रीय समितिमा सहभागि हुन आफुले उम्मेदवारी दिएको बताएका छन् ।

त्यस्तै २४ सै घण्टा समय उपलब्ध गराई नेता कार्यकर्ताको दुरी घटाउन र समधुर सम्बन्ध राख्न तथा उच्च आचरण प्रदर्शन गर्न तथा नेपाली काँग्रेसको सामु देखिएका समकालीन चुनौतीको सामाना गरी आउँदो स्थानीय प्रदेशको चुनावमा प्रथम पार्टी बनाउन पनि आफुले केन्द्रीय समितिमा उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले