गाली गर्नेहरूलाई जवाफ दिन आज साँझ पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

शेयर गरौ

चितवन, माघ – ८ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय आफू विरूद्व उठेका प्रश्नहरूको जवाफ दिन पत्रकार सम्मेलन गर्ने भएका छन्।आज सामाजिक सञ्जालमार्फत् आजै साँझ पत्रकार सम्मेलन गर्ने र त्यसैबाट सबै कुराको स्पष्ट जवाफ दिने बताएका हुन्।उनले लेखेका छन्, ‘मिडियामा निरन्तर आइरहेका स्लिपमा कोही स्लिप हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरू एकत्रित पार्दै गर्नु होला। कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’केही नलुकाउने दाबी गर्दै उनले आफू पहिलेदेखि भन्दै आएको कुरामा अडिक रहेको स्पष्ट पारे।

ग्यालेक्सी फोरके टेलिभिजन संचालनका क्रममा सहकारीबाट लिएको ॠण नतिरेको, टेलिभिजनका कर्मचारीलाई तलब नदिएको लगायतका विषयमा पछिल्लो समय समाचारहरू आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।