स्थापना दिवसमा व्यास सहकारी द्वारा वित्तिय साक्षरता र कुर्सी हस्तान्तरण

Devghat Online

शेयर गरौ

दमौली, माघ ८

व्यास नपा–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा सोमबार व्यास नपा–५ स्थित सेरा आमा समुहका महिलाहरुलाई वित्तिय साक्षरता कक्षा सन्चालन गरेको छ । आमा समुहका सदस्यलाई सहकारीको बारेमा जानकारी दिने तथा सहकारीमा आवद्ध भई आर्थिक कारोबार गर्न प्रोत्साहित गर्ने उद्देश्यले सो वित्तिय साक्षरता कक्षा सन्चालन गरिएको सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

सो कार्यक्रममा अध्यक्ष अधिकारी, सहकारीका उपाध्यक्ष प्रेम प्रसाद पौडेल, लेखा समितिका संयोजक राजेश्वर हड्खले, सचिव त्रिभुवन श्रेष्ठ लगायतले सहकारीको महत्वको बारेमा जानकारी गराएका थिए ।

यसैगरि स्थापना दिवसको अवसरमा व्यास सहकारीले सेरा आमा समुह व्यास ५ लाई २० थान प्लाष्टिकको कुर्सी हस्तान्तरण गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आमा समुहलाई कुर्सी प्रदान गरिएको अध्यक्ष अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित