नमस्ते देउराली कपको फाइनल खेल बुधबार

Devghat Online

शेयर गरौ

दमौली, माघ ९

ब्यास नपा–३ देउराली नगरमा गत शुक्रबार देखि जारी प्रथम नमस्ते देउराली कपको खुल्ला साबिक वडा तथा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल बुधबार हुने भएको छ ।

प्रतियोगिताको क्वाटर फाइनलमा बुधबार नै पहिलो खेल घिरिङ किटिया र शुक्ला–१२ बाबिया बीच तथा दोश्रो रिशिङ समाज भिरकोट तथा रिशिङ समाज रिसिङ–६ विच प्रतिस्पर्धा हुने र बिजयी बीच फाइनल हुने खेल संयोजक आनन्द आलेले जानकारी दिए ।

नक आउट नियममा खेलाइएको सो प्रतियोगितामा ३५ टिमको सहभागिता र दर्शकको पनि उल्लेख सहभागिताले उत्साही बनाएको आयोजक क्लबका अध्यक्ष तील बहादुर थापाले बताए । १०८ फुटको ब्यास प्रतिमा निर्माणस्थलमा प्रतियोगिता आयोजना गरि एक साथ दुई सन्देश दिन खोजिएको भन्दै क्लबका सल्लाहकार रबिन पौडेलले ब्यास क्षेत्र नेतृत्वको प्राथमिकतामा नपर्नु बिडम्बना भएको बताए ।
प्रतियोगिताका बिजेता र उप बिजेताले क्रमश ४०÷२० र १० हजार रुपैयाँ पुरस्कार राशी सहितको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर