बानेश्वरमा बस गुडिरहेका बेला सडक भासियो

शेयर गरौ

आज काठमाडौँको नयाँबानेश्वर चोकस्थित सडकमा गुडिरहेको बस भासमा परेको छ। रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका बेला बानेश्वरमा सडक भासिएको हो। सर्भिस लेनतर्फको सडकमा बसका चक्का गाडिएका हुन्।  सडक भासिएर गाडी कोल्टो फर्नासाथ यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। यसअघि २०७८ कात्तिकमा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पतालअगाडि सडक भासिएर ठूलो खाल्डो परेको थियो।माइतीघर–तीनकुने यो सडक ६ वर्षअघि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत ५० करोडको लागतमा बनाएको हो। देशकै फराकिलो र सुन्दर सडक भनेर चर्चा पाएको उक्त सडकमा बनेको एक वर्षमै खाल्डाखुल्डी पर्न थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्