पुर्वमन्त्री गुरुङद्वारा घिरिङमा खानेपानी योजना उद्घाटन

Devghat Online

शेयर गरौ

अन्जान परियार
घिरिङ, माघ १३

गण्डकी प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री किरण गुरुङ्गले घिरिङ गाउँपालिका–५ बेलभन्ज्याङ भोकर्दी खोला खानेपानी योजनाको उद्घाटन गरेका छन् ।

घिरिङ गाउँंपालिका–५ बेलभञ्ज्याङ्ग–भोक्टेनीमा निर्माण सम्पन्न भएको उक्त खानेपानी योजनाको शनिबार पुर्व मन्त्री गुरुङ्गले धारा खोलेर उद्घाटन गरेका हुन् ।

गण्डकी प्रदेश सरकार मार्फत ‘एक घर एक धारा कार्यक्रम’ अन्तर्गत बिनियोजित बजेट ८३ लाख र जिल्ला खानेपानी बाट पाइप सहित फिटिङ सामान ब्यहोर्ने गरि साथमा स्थानीयहरुको जनश्रमदानमा निर्माण सम्पन्न भएको थियो ।

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले आफु अर्थमन्त्री हुँदा ऋषिङ्ग तथा घिरिङमा खानेपानीको समस्या रहेकाले पहिलो प्राथमिकताका साथ खानेपानी योजनामा बजेट बिनियोजन गरि बिधुतबाट लिफ्टिङ गरि डाँडामा पानी ल्याउन सकेको बताए । साथै स्थानीय उपभोक्तालाई मुल संरक्षणमा जोड दिन गुरुङले आग्रह गरे ।

एमालेको सरकार हुँदा ऋषिङ्ग जाने बाटो कालोपत्रे, घिरिङको मनपुर–ढेडगाउँ सडक खण्डको कालोपत्रे गर्न बजेट बिनियोजन गरेको स्मरण गर्दै अहिलेको गठबन्धन सरकारले नयाँ कुनै ठुला योजना ल्याउन नसकेको बताए । ‘एमालेको सरकार बन्नु भन्दा अगाडी घिरिङको अधिकांश ठाउँमा बिधुत पुगेको थिएन’ गुरुङले भने ‘एमालेको सरकार आए पछि बिधुत पुग्यो र हाम्रो सरकारले उज्यालो प्रदेश नीति घोषणा गरि सोहो अनुसार बजेट बिनियोजन गरेको थियो ।’

सो कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले घिरिङ भित्रका सबै मुलका खानेपानीको शुद्धीकरण परिक्षण गर्ने प्रतिबद्धता गरे । अदालतमा मुद्धाको कारण मुख्य सडक बनाउन नसकेता पनि अन्य शाखा बाटोहरु पालिकाले बनाइरहेको बताए । गाउँपालिकाले राजनीतिक आधारमा विभेद नगरि सबैलाई एउटै नजरले हेर्ने र खानेपानीको मर्मतको लागि सकेको उपभोक्ताले गर्ने नसके पालिकाले सहयोग गर्ने बताए ।

भोकर्दी खोला खानेपानी योजनाका अध्यक्ष केहर सिंह चुनीको अध्यक्षतामा भएको कार्यक्रममा घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रनबहादुर राना, वडा नम्बर ५ का अध्यक्ष बिष्णुविर आले, घिरिङ गाउँपालिका निबर्तमान सल्लाहकार सुमनकुमार श्रेष्ठ, शिक्षक सन्तमान श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । समितीकी सदस्य छलिमाया थापाले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको सनचालन योगनारायण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको