भर्जन कालिका मन्दिरकोलागि गुरुङद्वारा अहिलेसम्मकै ठुलो व्यक्तिगत सहयोग, २ सय बोरा सिमेन्ट उपलब्ध गराउने

Devghat Online

शेयर गरौ

देवघाट, माघ १८

देबघाट गाउँपालिका वडा नम्बर ५ मा पुनर्निर्माण भईरहेको ऐतिहासिक देबघाट भर्जन कालिका मन्दिरकोलागि सहयोग रकमहरु जुट्ने क्रम जारी रहेको छ । मन्दिरको पुनर्निर्माणकोलागि देवघाट गाउँपालिका निवासी हाल आयरल्यान्डमा रहनुहुने भक्तबहादुर गुरुङ र उनकी धर्मपत्नीले २ सय बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेका छन् ।

मन्दिर पुननिर्माणकोलागि सहयोग जुटाउने क्रममा देबघाट गाउँपालिका–५ घर भई हाल आयरल्यान्ड निवासी गुरुङ दम्पत्तीले उक्त सहयोगको घोषणा गरेको मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले जानकारी दिए ।
गुरुङ आयरल्यान्ड जाने पहिलो देवघाट गाउँपालिकाबासी हुन् । उनी त्यहाँ व्यवसायमा संलग्न छन् । आफु जन्मे हुर्केको ठाउँलाई माया गर्दै सामाजिक तथा व्यवसायिक व्यक्तित्व भक्तबहादुर गुरुङले घोषणा गर्नु भएको उक्त सहयोगले मन्दिरको पुननिर्माणमा ठुलो सहयोग पुग्ने न्यौपानेले बताए ।

यसबाहेक गुरुङले मन्दिर पुननिर्माणकोलागि नपुग हुने रड, बालुवा तथा गिट्टीको लागि पनि आफ्नो परिवार तथा आफन्तलाई अनुरोध गरेर उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेकोमा मन्दिर निर्माण समितिको तर्फबाट अध्यक्ष न्यौपानेले हार्दिक आभार व्यक्त गरेका छन् ।

देबघाट गाउँपालिकामा रहेका मन्दिर मध्ये निकै पुरानो र ऐतिहाँसिक मन्दिर भर्जन कालिका मन्दिरको अवस्था हाल जिर्ण रहेको हुँदा पुननिर्माण सुरु गरिएको छ । आफ्ना बाबु बाजेको पालादेखी नै पुजा गरिदै आएको उक्त मन्दिर निकै जिण भएपछि स्थानीय बासिन्दा पुननिर्माणमा लागेको अध्यक्ष न्यौपानेले बताए ।

यसै सन्दर्भमा मन्दिर निर्माणको लागि तयार गरिएको डिपिआर अनुसार पुननिर्माणकोलागि ९६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म बिभिन्न दाता तथा संघ संस्थाबाट प्राप्त रकमले पिल्लर उठाएर ढलान गरिएको न्यौपानेले जानकारी दिए । निर्माण कार्यको लागि हालसम्म १४ लाख खर्च भईसकेको उनले बताए ।

मन्दिर पुननिर्माणकोलागि माघे संक्रान्ति मेलामा गरिएको चन्दा संकलनबाट ३ लाख ८६ हजार रुपैया संकलन भएको थियो । मन्दिरको पुननिर्माणकोलागि ११ हजार भन्दा माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

उक्त ऐतिहाँसिक मन्दिर पुननिर्माणमा धेरै रकम खर्च हुने र कुनै आम्दानीको श्रोत नभएको हुँदा देश बिदेशमा रहनुहुने जिल्लाबासी दाजुभाई तथा दिदिबहिनीहरुसँग सहयोगको अपेक्षा गरिएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल