आदिकवि क्याम्पसमा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली, माघ २९

व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ र १२ मा विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि तनाव व्यवस्थापन र सिकाईको प्रभावकारिता विषयमा अभिमुखीकरण कार्यक्रम आइतबार क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा राष्ट्रिय स्तरमा प्रेरक वक्ताको रूपमा पहिचान बनाएका रमेश कंडेलले विद्यार्थीहरुलाई अनुशासित जीवनशैली कस्तो हुन्छ, प्रगतिका लागी आध्यात्म र शान्तिपूर्ण जीवनशैली किन आवश्यक छ, ध्यान, पूर्वीय दर्शन र सनातन सामाजिक मूल्य मान्यताहरूले कसरी विद्यार्थीहरुलाई आत्मबल बलियो बनाउन सहयोग पु¥याउँछ, जीवनमा लक्ष्य कसरी निर्धारण गर्ने र लक्ष्यमा पुग्नको लागि के कस्ता तयारी गर्नुपर्छ भन्ने विषयमा उत्प्रेरणा जगाउने मन्तव्य राखेका थिए ।

अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हडखले, उपप्राध्यापक सागर न्यौपाने र प्रकाश गैह्रे लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन