देवघाटमा विद्युत सट भएर पसलमा आगलागी हुदा १२ लाखको क्षति

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २६

देवघाट गाउँपालिका-५ स्थित पुल्चोकमा रहेको एक पसलमा विद्युत सट भएर आगलागी हुदा करिब १२ लाखको क्षति भएको छ । स्थानीय नन्दकली न्यौपानेले सन्चालन गरेको दिनेश कोल्ड स्टोर्समा शुक्रबार राती करिब ८.५० बजे आगजनी भएको थियो ।

देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठका अनुसार बन्द भएको सटर भित्रबाट एक्कासी आगो लागेको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको श्रेष्ठले बताए ।

नेकपा एमाले देवघाट वडा नम्बर ५ का अध्यक्ष गणेशकाजी थापाका अनुसार आगजनीबाट करिब १२ लाखको क्षति भएको छ ।

ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज कृष्णबहादुर बानियाँले विद्युत सट भएर आगजनी भएको बताए । प्रहरीले शनिबार बिहान घटनास्थलको सबै मुचुल्का तयार गरेको बानियाँले बताए ।

फलफुल तथा पुजा सामाग्रीको उक्त पसल शुक्रबार साँझ बन्द गरेर पसल सन्चालकहरु सोही घरको माथिल्लो तलामा बसिरहेको समयमा एक्कासी सटर भित्रबाट आगो लागेको देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको