छाब्दी बाराही सहकारीको ठगी मुद्धाका अभियुक्तहरु दोषी ठहर

Devghat Online

शेयर गरौ

दमौली, चैत १

व्यास नपा–१ भादगाउँमा रहेको छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको आर्थिक हिनामिना गरेको आरोपमा मुद्धा चलाईएका प्रतिबादीहरुलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । तनहुँ जिल्ला अदालतका न्यायधीश आत्मदेव जोशीको इजलासले बुधबार उक्त ठगी सम्बन्धि मुद्धामा कसुर ठहर हुने फैसला गरेको छ । उनीहरुलाई हुने सजाय भने निर्धारण भईसकेको छैन । अर्काे इजलासमा सजाय निर्धारणकोलागि पेश गरिएको छ ।

उक्त सहकारीका तत्कालिन व्यवस्थापक सुरेन्द्र पन्थ, बजार प्रतिनिधि निर्मला तामाङ, क्यासियर आशा बस्नेत र त्रिवेणी सफ्टवयेर प्रा.लिका सन्चालक रुजिन नापितको मिलेमतोमा सहकारीको २ करोड ९८ लाख ९४ हजार ५७० रुपैयाँ ठगी गरि संस्थालाई हानी पु¥याएको भन्दै सहकारीका तत्कालिन अध्यक्ष लावण्यप्रसाद पण्डित सहित सन्चालकहरु तिलकबहादुर चौहान, सोमराज सिग्देल, नुतना राना, ठाकुरबहादुर दरै, रामशरण न्यौपाने, रामभक्त रानाभाट र सनम तामाङले २०७८ फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले लामो अनुसन्धान पश्चात अनुसन्धान प्रतिबेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रहरीको अनुसन्धानमा प्रतिबादीहरुले सहकारी ऐन २०७४ विपरित तथा आफ्नो पदिय कतव्र्य र जिम्मेबारी पालना नगरि आफु कार्यरत रहेको सहकारीलाई विश्वासघात गरि हानी नोक्सानी पु¥याई आफुले आर्थिक लाभ लिई संस्थाको २ करोड ७० लाख ५८ हजार ३५६ रुपैयाँ बेईमानीपुर्वक संस्थालाई धोका लिई हिनामिना गरेको उल्लेख गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त चारै जना विरुद्ध २०७८ चैत २९ गते तनहुँ जिल्ला अदालतमा ठगी र किर्ते सम्बन्धी मुद्धा दर्ता गरेको थियो । सो मुद्धामा जिल्ला अदालतमा १५ पटक पेशी चढेको थियो ।

लामो सुनुवाई पश्चात जिल्ला अदालतले बुधबार कसुर ठहर गर्दै सजाय निर्धारणकोलागि पेश गरेको हो । अब एक साता भित्रैमा उनीहरु विरुद्ध हुने सजाय तोकिने अदालत श्रोतले जनाएको छ । आरोपित मध्ये पन्थ तनहुँ जिल्ला कारागारमा पुर्पक्षकोलागि थुनामा छन् भने अन्य आरोपितहरु धरौटीमा रिहा भएका थिए ।
लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ