नेपाल रेडक्रस सोसाइटी तनहुँको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

कविराज श्रेष्ठ
दमौली, चैत २

नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाकाे ४१ अौं वार्षिक साधारणसभा शुक्रबार दमौलीमा सम्पन्न भएको छ ।

शाखा सभापति प्रा.डा. कृष्ण प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शन नेपाल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरुले रेडक्रसको सात आधारभुत सिद्धान्तको मुलमन्त्रहरु मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, एच्छिक सेवा लगायतको विषयमा रेडक्रसकर्मीहरु प्रतिबद्ध हुनुपर्ने बताए ।

रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हडखलेले सन्चालन गरेको सो कार्यक्रममा शाखाका उपसभापति नारायणी अधिकारीले स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा रेडक्रसका २९ उपशाखा मध्ये उत्कृष्ट हुने दुम्सी उपशाखालाई सम्मान गरिएको थियो भने उत्कृष्ट स्वयंसेवक जुन नारायण श्रेष्ठ तथा शिक्षक नायक राजेश सुनामलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले