डेंगु नियन्त्रणको लागि आवुँखैरेनीको पुर्व तयारी

Devghat Online

शेयर गरौ

दमौली, चैत ३

आवुँखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ । गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो ।

आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले पछिल्लो समय पालिकामा डेंगुको जोखिम बढिरहेकाले समयमै नियन्त्रण गर्न पूर्वतयारी थालिएको बताए । उनका अनुसार गत वर्ष आवुँखैरेनीका एक सयभन्दा बढी डेंगुबाट सङ्क्रमित भएका थिए ।

गत वर्षको गर्मीमा डेंगुबाट जनधनको क्षति भएको थियो । अब वर्षात् सुरु हुने समय भएकाले स्थानीयमा सजगता अपनाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी कार्य सञ्चालन मार्फत नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी यसको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्नुपर्ने उनको भनाई छ ।

डेङ्गु नियन्त्रणका लागि गाउँपालिकाले छ वटै वडा कार्यालय, आठ स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई ‘खोज र नष्ट गर अभियान’ सञ्चालन गर्न परिपत्र गरिसकेको उपाध्यायले जानकारी दिए । सबै वडा कार्यालय, संघसस्था, स्वास्थ्य संस्था, सरोकारवाला निकाय र जनसमुदायलाई उक्त अभियान सञ्चालन गर्न अनुरोध गरेको उनले बताए ।

ऋभियानको क्रममा लामखुट्टेको बासस्थान खोजी गरी फूल पार्ने ठाउँ र लार्भा नष्ट गरिनेछ । अभियानमा आ आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नविन, खाडल पुर्ने, टिनका डव्वा, थोत्रा टायर, गमला, फलदानी वाल्टीमा पानी जम्र नदिनेलगायत लामखुट्टे नष्ट गर्ने विधिका बारेमा स्थानीयमा जनचेतना जगाउने काम थालिएका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताउ । विहान र साँझपख बङ्गका लामखुट्टे बढी सक्रिय हुने भएकाले सकेसम्म धरवातिर भने पररीर पुरे छोपिने किसिमका लुगा लगाउने बारेमा पनि सचेत गराईएको उनले बताए ।

एक्कासी उच्च ज्वरो आउने, टाउको दुखे, शरीर दुखे, घाँटी वहो हुने, वाकवाकी लाग्रे, पखाला लाग्नेलगायत स्वास्थ्यमा समस्या देखिए तत्काले स्वास्थ्य संस्थामा परीक्षणका लागि जान आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए ।

गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करवावु अधिकारीका अनुसार डेंगुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले गत गर्मी महिनाको सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय